मेलुङ गाउँपालिकाको निशुल्क स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिए
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको मेलुङ्ग गाउँपालिका वडा नम्वर ७ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेलुङ्ग गाउँपालिकाको सितलीमा सम्पन्न स्वास्थ्य शिविरमा ४ सय २० जनाले निशुल्क स्वास्थ्य सेवा लिएको वडा नं ७ का वडाध्यक्ष एवम पालिका प्रवक्ता नवराज खड्काले बताउनुभयो ।
मेलुङ गाउँपालिका वडा नं ७ को आयोजना तथा सित्तली अस्पतालको समन्वय, लाइन्स क्लब अफ काठमान्डौँ रेडियन्सको प्राविधिक सहयोगमा भएको शिविरमा १ सय ७५ जनाले हाडजोर्नी सम्बन्धी सेवा लिएका छन् भने बाँकी अन्य विभिन्न रोग सम्बन्धी सेवा लिएको वडाले जनाएको छ । शिविरबाट मेलुङ्ग गाउँपालिका, तामाकोसी गाउँपालिका र छिमेकी जिल्ला रामेछापको मन्थली नगरपालिका वडा नम्बर १३ का नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।
आधारभूत स्वास्थ्य सेवालाई व्यवस्थित गर्न र आकस्मिक सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले काम गर्दै आएकोे पालिका अध्यक्ष हिरा कुमार थोकरले बताउनु भयो । नागरिकहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले समय समयमा शिविरको आयोजना गरी स्वास्थ्यको अवस्था पहिचान गर्न सहयोग गर्ने गरी कार्यक्रम गरिएको पालिका उपाध्यक्ष गायत्री आचार्यको भनाई छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...