अनिश्चितकालीन विद्यालय बन्द गर्ने शिक्षक महासंघको निर्णय
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा
नेपाल शिक्षक महासंघ जिल्ला आन्दोलन परिचालन समिति दोलखाले असोज ३ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेको छ । जिल्ला आन्दोलन परिचालन समितिले आज एक विज्ञप्ती जारी गर्दै असोज ३ गतेदेखि विद्यालय बन्द गर्ने गरी विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाल सरकारले २०८० भाद्र २७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षा एवम शिक्षक र विद्यालय कर्मचारी हित विपरित भएको भन्दै अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाण्डौं केन्द्रित कार्यक्रम आव्हान गरेको आन्दोलन परिचालन समिति दोलखाले जनाएको छ ।
नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेल,सचिव भगवान बस्नेत,नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सञ्जय खड्का,नेपाल शिक्षक संघका अध्यक्ष गोविन्द नारायण मानन्धर,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष सन्तोष श्रेष्ठ,शिक्षक परिषदका अध्यक्ष जीवन चाकुवाजी,विद्यालय कर्मचारी परिषदका अध्यक्ष शंकर बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा जिल्लाका सबै शिक्षकलाई असोज ३ गतेबाट हुने बृहत्त प्रदर्शनीमा व्यवस्थित र मर्यादित रुपमा व्यानरसहित आन्दोलनमा सरिक हुन सर्कुलर जारी गरेको छ ।
विज्ञप्तीमा विद्यालय बन्द गर्ने निर्णयलाई अटेर गर्ने प्रधानाध्यापक र विद्यालयलको विवरण महासंघमा बुझाउन भनेको छ ।
जायज माग पुरा गराउन सबै सरोकारवाला पक्ष राजनैतिक दल,सांसद,पत्रकार,अभिभावक,शिक्षाविद्,शिक्षाप्रेमी,विद्यार्थी सबैसंग सहयोगको समेत अपिल गरेको छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...