भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

शिक्षकहरु अझै आन्दोलनमाः माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विद्यालय शिक्षा सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै राहत शिक्षक र बालविकास शिक्षक काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी भएका उनीहरु महासंघले सरकारसँग सम्झौता गरेर आन्दोलन अन्त्य गरे पनि अझै आन्दोलनमै छन् ।

राहत शिक्षकले आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरुले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।

प्रस्तावित विधेयकमा ‘राहत शिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने, दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत मध्येबाट पदपूर्ति हुने’ व्यवस्था छ ।

राहत शिक्षक केन्द्रीय समितिले भने राहत शिक्षकको ४० हजार दरबन्दीमा हाल राहत  अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्ने माग राखेका छन् । अध्यक्ष खेमराज अधिकारीले भने ‘हामी ४० हजारलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिने निर्णय नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

शिक्षक तथा सरकारबीच भएको ६ बुँदे सहमतिमा ‘साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरबन्दी र अनुदानकोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धाका सम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने’ उल्लेख छ ।

राहत शिक्षकहरुले यो सहमतिलाई धोका भएको आरोप लगाएका छन् । वार्तामा समेत सहभागी भएका अधिकारी हस्ताक्षर नगरी फर्केका थिए । ‘हाम्रो माग पूरा नहुने भएपछि हस्ताक्षर नगरी म त्यहाँबाट निस्केको हुँ । म निस्केपछि ७५ प्रतिशत बनाइएको हो । यस्तो धोकेवाज सहमति हामीलाई मान्य हुनेछैन’, उनले भने ।

त्यस्तै शिक्षक महासंघ र सरकारबीच भएको ६ बुँदे सहमतिले बालविकास शिक्षकको पनि माग सम्बोधन नभएको बालविकास शिक्षक केन्द्रीय समितिले जनाएको छ ।

विधेयकमा बालविकास शिक्षकको सेवा, सुविधा र शर्तसम्बन्धी कानुन स्थानीय तहले बनाउने भनिएको छ । बालविकास शिक्षकले भने केन्द्र सरकारले तलबको जिम्मेवारी लिनुपर्ने, बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, २० वर्षदेखि कार्यरतलाई स्वतः स्थायी प्रक्रियामा लैजानुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धामा फेल हुने विद्यार्थीलाई उपदानको व्यवस्था हुनुपर्ने माग उनीहरुको छ ।

शिक्षक महासंघले बालविकास शिक्षकहरुको कुनै पनि मुद्दा नउठाएर धोका दिएको बालविकास शिक्षक केन्द्रीय समितिको आरोप छ । केन्द्रीय समिति अध्यक्ष कृष्ण मगर भन्छिन् ‘हाम्रो पनि केही होला भनेर आन्दोलनमा सहभागी भयौं । तर सरकारसँगको सहमतिमा हाम्रो कुनै पनि कुरा समेटिएन । हामीलाई धोका भयो । अब हाम्रो माग पुरा नभएसम्म आन्दोलनमा हुनेछौं ।’ सरकार र शिक्षकबीच गत शुक्रबार भएको ६ बुँदे सहमतिमा बालविकास केन्द्रको कुनै पनि बुँदा समेटिएको छैन ।

 

समितिका अनुसार अहिले ३६ हजार ५९३ जना बालविकास सहजकर्ता छन् । जसमा करिब एक प्रतिशत मात्रै पुरुष सहजकर्ता छन् । विकट जिल्लाका स्थानीय तहमा मात्रै पुरुष सहजकर्ता पनि छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांक अनुसार देशभर अहिले ३६ हजार ७१२ बालविकास केन्द्रहरु छन् । तीमध्ये ६ हजार ५ सय संस्थागत विद्यालय अन्तर्गतका बालविकास केन्द्र हुन् ।

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी भने महासंघले कसलाई धोका नदिएको जिकिर गर्छन् । शिक्षक दरबन्दीको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था राहत शिक्षकका लागि भएको उनको दाबी छ ।

बालविकास शिक्षकको २९ फागुन २०७८ मा भएको सहमति अनुसार दरबन्दी सिर्जना गरेर शिक्षक सेवा आयोगबाट स्थायी प्रक्रियामा लैजाने सहमति भएको पनि सुवेदीले बताए ।

६ बुँदे सहमतिमा ‘यसअघि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिषक महासंघबीच २०७८/११/९ मा भएको समझदारीलाई प्रत्यायोजिt विधायनको व्यवस्था बमोजिम प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट अवकाश हुँदा प्राप्त गर्ने सुविधा सम्बन्धी विषय’ भन्ने उल्लेख भएङ्को छ ।

२०७६ सालपछि स्थायी भएका शिक्षकले पेन्सन पाउने कि नपाउने भन्ने विवाद पनि समाधान भएको उनको दाबी छ । त्यसमा निजामती कर्मचारीले पाउने भए शिक्षकले पनि पाउने र निजामती कर्मचारीले नपाउने भए शिक्षकले पनि नपाउने सहमति भएको सुवेदीले बताए ।

महासचिव सुवेदी भन्छन् ‘उहाँहरुले अलिकति कुरा नबुझेर हो । हामीले सरकारलाई सबैको माग सम्बोधन गर्न बाध्य बनाएका छौं ।’ महासंघले आन्दोलनरत शिक्षकहरुलाई बुझाउने प्रयास गरेपनि नसकिरहेको सुवेदीले बताए ।

यो समाचार अनलाइन खबरबाट साभार गरिएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.