अवैध सुन ओसारपसारमा संलग्न थप दुई गरी पाच पक्राउ, बरामद ४ किलो सुन परिक्षणका लागी काठमाडौ पठाइने
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
असोज ११
अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा थप २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
दोलखाको बिगु गाउँपालिका–१ का ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र सोही स्थानकी ३० वर्षीया सुनमाला तामाङलाई सदरमुकाम चरिकोट स्थित शुभकामना होटलवाट आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना श्रीमान् श्रीमती रहेको जिल्ला प्रहरी कार्यलयदोलखाले जनाएको छ ।
त्यस्तै अवैध सुन ओसारपसारमा संलग्नलाई गय राति दोलखा प्रहरीले जिल्लाको विगु गाउपालिको वडा नम्बर ३ का २८ वर्षीय केशर तामाङ, सोही स्थानका १८ वर्षीय पेम्बा तामाङ र २० वर्षीय माधव मगर लाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु र उनीहरुवाट बरामद भएको ४ किलो सुनसहितको सामानहरु दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ८ दिनको म्याद लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
चिनियाँ नागरिकले नुर्वु छिरिङ मार्फत सुन पठाएको र अन्य व्यक्तिलाई ओसारपसारमा संलग्न गराएको हुन सक्ने प्रहरी नायब उपरिक्षक दिपक खड्काले बताउनुभयो । बरामद भएको सुन परिक्षणकालागिभोली काठमाडौं पठाईने प्रहरीले जनाएको छ ।उक्त सुन लामाबगरको फलाक नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरीले जनाएको छ । चीन सरकारले आईतवारमात्र तिब्बतसंग सिमा जोडिएको दोलखाको दुईवटा नाका रोङसिया र क्वादम खुला गरेको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...