भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

कालिनाग सहकारीको जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम,

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

३३ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कालिनाग सहकारी सुनखानीले जेष्ठ सदस्य सम्मान गरेको छ । दिवसको अवसरमा कालिञ्चोक गाउँपालिका ८ मा रहेको सहकारीले ७० वर्ष माथिका जेष्ठ सदस्यलाई जेष्ठ नागरिक भत्ता वितरणसहित सम्मान गरेको हो ।
सहकारीले बृद्धभत्ता वितरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ८७ जना जेष्ठ सदस्यलाई ६ सय रुपैँयाका दरले भत्ता वितरण गरेको सहकारीका व्यवस्थापक शिवहरि शिवाकोटीले बताउनुभयो ।


कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेष्ठ सदस्यहरु नन्दराज शिवाकोटी,बुद्धिमान थामी र दुर्गा शिवाकोटीलाई भत्ता वितरण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी,वडा नं ८ का वडाध्यक्ष सूर्य बहादुर आचार्य,सहकारीका अध्यक्ष कमल कार्की,सञ्चालक संग्राम बहादुर आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सम्मानित जेष्ठजन,सहकारीका सल्लाहकार,सञ्चालक र शेयर सदस्यको उपस्थिति रहेको थियो ।

 

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.