भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले पुस्तकको विमोचन गर्नु भएको हो ।
शर्माले यस अघि २०७१ सालमा पूर्णाङ्की नाटक परिवेश भित्रका मान्छेहरु र २०७६ सालमा पूर्णाङ्की नाटक गन्तव्य प्रकाशित गरीसक्नु भएको छ । दोलखाको विगु गाँउपालिकाको बुलुङमा जन्मनु भएको शर्माले बिभिन्न पत्रिकाहरुमा नाटक, कविता, लेख प्रकाशित गर्दै आउनु भएको छ ।
भानु विद्यापति साहित्य प्रतिष्ठानको अध्यक्ष शङ्करलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी एवं साहित्यकार कोमल प्रसाद धमलाले पुस्तकको समीक्षा गर्नु भएको थियो ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, मेलुङ गाँउपालिकाका उपप्रमुख गायत्री आचार्य, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले शुभकामनामन्तव्य व्यक्त गर्नु भएको थियो । निम्न मध्यम वर्गीय परिवारभित्रकोसामाजिक,आर्थिक,साँस्कृतिक समस्यालाई उजागर गरिएको छ । उपन्यासमा ग्रामीण जीवनको शोषण,दमन र उत्पीडनबाट महिलाले भोग्नु परेका यर्थाथलाई उपन्यासमा समेटिएको उपन्यास परिवेशका विषयमा स्रष्टा शर्माले बताउनु भयो ।
उपन्यास भुमरीको प्रकाशक गोपाल प्रसाद न्यौपाने रहनु भएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.