सडकबाट उठेको ईश्वरीको जीवनकथा
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी
भन्ने गरिन्छ जीवन देखि हार्नु हुँदैन । जीवनमा संघर्ष गर्नेले हार पनि खाँदैन । विभिन्न कठिन परिस्थितिसंग लडेर जीवनमा सफल बनाउन सकेकी महिला हुनुहुन्छ,ईश्वरी श्रेष्ठ ।
दोलखाको बैत्यश्वर गाउँपालिका गैरीमुदीकी ईश्वरीको १६ वर्षको उमेरमा गाउँमै विवाह भयो । विद्यालय जाने उमेरमा घरायसी काम र चेतनाको अभावले २ दिन मात्रै विद्यालय देखेकी ईश्वरी अहिले लाखौँको कारोबार औँला गनेकै भरमा गर्नुहुन्छ ।
बाल्यकाल सामान्य रुपमा विताएकी ईश्वरी २० वर्ष अगाडि नै २ सन्तानकी आमा बन्नुभयो । त्यही समयमा श्रीमानले सौता भित्रयाएपछि मनमा नमिठो चोट लाग्यो । “कर्मलाई दोष दिएरै पनि सौतासंग मिलेर बस्ने अठोट पनि नगरेकी होइन,तर संगै बसेपछि मनमुटाब भयो । श्रीमानले उल्टै कुटपिट गर्न लागेपछि मन बरालिन लाग्यो ।” ईश्वरीले विगत सम्झनुभयो ।
माइतीघरमा सौतनी आमा । आपनी आमाको पीडा पनि उस्तै थियो । आफैपनि पीडामा परेकी आमालाई झन दुःखी बनाउन मन लागेन् । के गरौँ ? कसो गरौ ? पीडित मन अत्तालिन थाल्यो । मर्ने सोंच पनि आयो । बालक छोराछोरीको अनुहार सम्झेर त्यसो गर्न पनि मनले मानेन् । बरु घर छाडेर बाहिर गएर केही गर्ने सोँच आयो । घर छाडेर सदरमुकाम चरिकोट आएर सडकमा फलफूल बेचेर जीवन गुजार्ने गर्न पाए हुन्थ्यो भन्ने लाग्यो तर एक पैसा थिएन् ।
उमेर २० हुँदो हो । छोरो घरमै छाडेर,दुधे छोरी काखी च्यापेर,कसैलाइै नभनी ७० रुपैयाँ पैसा बोकेर काठमाण्डौ पुग्नुभयो ईश्वरी । काठमाण्डौँमा मामा माइजु हुनुहुन्थ्यो । सबै दुःख सुनाउनुभयो । हिड्नेबेलामा मामाले १ हजार र माइजुले ५ सय दिनुभयो । यो नै ईश्वरीको लागि खुट्टा टेक्ने आधार भयो ।
तुरुन्तै चरिकोट फर्कनुभयो ईश्वरी । चरिकोट फर्केपछि २ सय रुपैयाको कोठा भाडामा लिने निधो भयो । घरवेटीले २ सय पहिले नै मागेपछि सामान्य खाद्यान्न किनेर ९ सय रुपैया बच्यो । त्यही पैसाले केही फलफूल,विस्कुट चक्लेट किनेर चरिकोटको सडक पेटीमा बस्नुभयो ।
शुरुका दिन त निक्कै कष्टपूर्ण रहे । उधारो कसैले पत्याउँदैनथे । वरिपरी फलफूल व्यापार गर्नेहरुपनि रिस गर्थे । नजानेको सोध्यो भने,“नजान्नेले के व्यापार गर्न बस्नु“ भन्दै खिस्ट्याउँथे । कहिले त मरुँ मरुँ पनि लाग्थ्यो । अनि आफैलाई सम्झाउथे सकिन्छ । बाँचे सबैथोक पाइन्छ,–ईश्वरी विगत सम्झनुहुन्छ ।
धेरै जति त भोकै बस्थे । नाफाको रकमले सामान किन्न पाए आम्दानी हुन्थ्यो जस्तो लाग्थ्यो । सबैकुरा छाडेर ध्यान कसरी नाफा कमाउने र धेरै फलफूल व्यापार गर्ने भन्नेमा जान्थ्यो । अरुका कुराले मन दुख्थ्यो तर प्रतिजवाफ फर्काउने सामथ्र्य थिएन । घर माइती सबै रिसाएका थिए ।
घर छाडेको केही समयमा दशैं आयो । सबैले नयाँ लुगा लगाए । मासुभात खाए । तर मैले पाखामा फलेको स्कुसको तरकारी खाएर दशैं माने । मलाई कहिले त धर्ती नै भासिएजस्तो अनि आकासै खसेर आफैलाई थिचेजस्तो लाग्थ्यो –भक्कानिदै उहाँले दुःखका दिन सम्झनुभयो ।
शुरुका दिन निक्कै कष्ट र संघर्ष भयो । आफन्तसमेत देखेपनि नदेखे जस्तो गर्थे । घरपरिवार माइती कसैसंग सम्पर्क थिएन । करिब एक बर्ष पुग्दै गर्दा आम्दानीको मात्रा बढ्न थाल्यो । सहास र आँट अनि अनुभव पनि बढ्दै गयो । कसैका कुराको वास्ता नगरी दैनिक जति नाफा हुन्छ ,अरु कुरामा खर्च नगरी व्यापारको लागि जोहो गर्थे । दैनिक ५ ÷७ सयको विक्री हुन्थ्यो । नाफा थोरै हुन्थ्यो । बालक छोरीको खानपान पनि मिलाउनै पथ्र्यो । बालक छोरी काखी च्यापेर काममा खट्दै गएपछि व्यापारमा अनुभव भयो । विहान छोरी च्यापेर काठमाण्डौ पुग्थेँ । बेलुका चरिकोट फर्कन्थे । आफै सामान ल्याएर बेच्दा निक्कै फाइदा हुँदो रहेछ । चरिकोट आएकै पहिलो वर्ष चाँही निक्कै दुःख थियो ।
अलि कमाउन लागेपछि छोरोपनि आफैसंग ल्याएँ । घरपरिवारमा पनि सहयोग गर्न लागें । अनि परिवारका आफन्तपनि बोल्न लागे । आउन र धाउन लागे । सौता नै ल्याएपनि श्रीमानको माया लाग्थ्यो । लुगा किनेर पठाउँथे । पछिपछि त घरमै बोलाउन लागे ।
एक्लो जिम्मेवारी निक्कै कष्ठपूर्ण हँुदो रहेछ । आफूलाईजस्तो एक्लो संघर्ष कसैले गर्नु नपरोस् भन्ने लाग्छ उहाँलाई । तंँ आंँट म पु¥याउंँछु भने झै उहाँ समस्याबाट कहिल्यै पछि हट्नुभएन । विचलित हुनुभएन । उहाँले आफ्नो व्यवसायलाई स्थापित गराएरै छाड्नुभयो । कमाउन लागेपछि सबैले पत्याउन लागे । १२÷१५ वर्षसम्म रोजेर कहिल्यै लुगा लगाइन । आज भोलिपनि झिलिक्क परेका लुगा लगाउन लाज लाग्छ । अहिले सबै कुराले सम्पन्न छु तर काम छाड्न मन लाग्दैन । दोबाटोले यहाँ पु¥यायो । अहिले पनि यही प्यारो लाग्छ ।
समय वित्दै गयो । व्यापारबाट अलिअलि फाइदा हुन लागेपछि सहकारीमा बचत गर्न मन लाग्यो । सहकारीमा वचत गर्न साक्षी बस्नेत चलन रहेछ त्यो समयमा तर मेरो साक्षी बस्न समेत कोही मानेनन् । आफ्नै पोल्टामा रकम जम्मा गर्दै गएँ । पछि जान्नेभएपछि बैंकमा लगेर वचत गर्न लागेँ । अहिले सटर भाडामा लिएर फलफूल व्यापार गर्ने भइसकेकी छु । छोराछोरी पनि पढाएँ । अहिले आफैलाई सहयोग गर्ने भए –उहाँ स्मरण गर्नुहुन्छ ।
सत्यमा रहेर काम गर्दा दुःख त पर्छ नै तर सफलता हात पर्दो रहेछ । व्यवसायमा अहोरात्र खट्ने ईश्वरीले अहिले आफै घर र व्यापारका लागि गाडि समेत खरिद गर्न सफल हुनुभएको छ । अहिले ऋण पनि तिरेर सक्नु भएको छ ।
मैले विगतका दुःख र पीडा विर्सेकी छैन् । आज सम्पन्न भएर पनि मलाई त्यत्तिकै मेहनत गर्न मन लाग्छ । सहकारीसंग ऋण लिएर घर किनेको छु । समयमा नै सावा र ब्याज तिरेपछि अहिले त सबैले मलाई पत्याउँछन् । अहिले पनि सहकारीले ऋण लैजानु भन्छन् तर आफूलाई चाहिएको छैन् । उहाँ खुसी व्यक्त गर्नुहुन्छ ।
व्यवसायमा इमान्दारीता र कारोबारमा अनुशासित भएर जनकल्याण सहकारी संस्थाले समेत उद्यमी महिला सम्मानबाट सम्मानित ग¥यो । यो सम्मान पाउँदा उहाँले खुसीको सीमा नभएको अनुभूति सुनाउनुभयो । आवश्यक परेको बेला सहकारीबाट ऋण लिने र तिर्ने काम गर्दै आउनुभएको छ ।
उमेरले ५० बर्षपनि नकटेकी उहाँमा व्यवसाय उत्तिकै उर्जावान देखिन्छ । आफूले सकेजति समय व्यवसायमै सक्रिय रहने इश्वरीको प्रण छ । धनीलाई नहेर्नु दुःख पाएकालाई हेर्नु अनि मात्र संघर्ष गर्न सकिन्छ । सत्यमा हिड्नु पर्छ । दुःख पछि सुख आउँछ । पैसा कमाएर मात्र पुग्दैन । त्यसको इज्जत गर्न र परिचालन गर्न सक्नुपर्छ । व्यवसाय गरेको १२ वर्षपछि मात्रै मैलै नयाँ लुगा किनेर लगाए । काम गरेर खान लाज मान्नु हुँदैन ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...