छोराको स्मृतिमा बहिरा विद्यालयमा अक्षयकोष स्थापना
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
असोज २९
तारादेवी बस्नेत
दोलखाको भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा आज एक लाख एक हजार रुपैयॉ बराबरको अक्षयकोष स्थापना गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्वर ४ निवासी धन बहादुर चौलागाई र पूर्णमाया चौलागाईंले आपना स्वर्गीय छोरा यज्ञराज चौलागाईंको सम्झनामा अक्षयकोष स्थापना गर्नु भएको हो । यज्ञराज चौलागाईंको २०५६ सालमा उपचार क्रममा रोग इन्सेफ्लाइटिसवाट १३ वर्षको उमेरमानै निधन भएको थियो ।
स्वर्गीय चौलागाईको परिवारले विद्यालयलाई तत्काल लागि आवश्यक पर्ने खाद्यान्नका सामग्री समेत सहयोग गरेको छ । यसैबीच विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले करिव १५ हजार रुपैयॉ बराबरको कपडा विद्यार्थीहरूलाई व्यक्तिगत रुपमा वितरण गर्नु भएको छ ।
भीमेश्वर बहिरा प्राथमिक विद्यालय चरिकोट दोलखाको आयोजनामा भएको कार्यक्रम ईटालीका बहिरा पेट्रो सेमेराओलाई विद्यालयमा स्वागत गरिएको थियो । इटलीका पेट्रो समेराओले पनि बालबालिकालाई पोशाक वितरण गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको कार्यक्रम ईटालीका बहिरा पेट्रो सेमेराओ पूर्णमाया चौलागाईं, विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीलाई र बहिरा सघ दोलखाका अध्यक्ष विष्णु कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। हाल विद्यालयमा तीस जना बहिरा बिद्यार्थीहरु रहेका छन् ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...