भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

भीमेश्वर नगरपालिकामा विधुर पुरुष सहायता भत्ता वितरण

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भीमेश्वर नगरपालिका दोलखाको वडा नं ७ ले विधुर पुरुष सहायता भत्ता वितरण गरेको छ ।
वडाभित्रका ४० वर्ष माथिका ३० जना विधुर पुरुषलाई वार्षिक ५ हजार भत्ता वितरण गरेको वडाअध्यक्ष विनोद तमाङले बताउनुभयो । आगामी वर्षका लागि मासिक ५ सयका दरले भत्ता वितरण गर्ने योजना रहेको उहाँको भनाइ छ ।
“अर्को वर्ष ४० वर्ष कटेका विवाह नगरी बसेका महिला जसले नेपाल सरकारको सुविधा प्राप्त गरेका छैनन् । उनीहरुलाई पनि एकल महिला सहायता भत्ता कार्यक्रममा समेट्ने योजना रहेको छ ।” वडाध्यक्ष तमाङले भन्नुभयो ।

आइतबार वडा कार्यालय परिसरमा आयोजना गरिएको रकम वितरण कार्यक्रममा वडाका २ सय ३५ जना जेष्ठ नागरिकलाई एक हजारका दरले भत्ता समेत वितरण गरिएको छ ।
चाडबाडको समयमा जेष्ठजनलाई खुसी बनाउन र आर्शीरवाद लिन सम्मान स्वरुप वडाको बजेटबाट भत्ता तथा सहयोग वितरण गरेको वडाको भनाई छ ।
कार्यक्रमका प्रमुख पूर्व वडाअध्यक्ष कैलास कुमार श्रेष्ठ,भीमेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवीन कुमार लामा,वडा नं ७ का वडाध्यक्ष विनोद लामाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.