मनोमानी तरिकाले सदस्यहरुको कटौती गरेको भन्दै पत्रकार महासंघ दोलखामा तालावन्दी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरण अभियानमा सुद्धिकरण मापदण्डको वेवास्था गर्दै मनोमानी तरिकाले सदस्यहरुको कटौती र नविकरण गर्ने भनि जारी गरेको सदस्यहरुको नामावलीमा असहमती गनाउँदै प्रेस चौतारी नेपाल दोलखाले तालावन्दी गरेको छ । हामीले पटक पटक पत्रकार महासंघलाई गलत निर्णय सच्चाउन प्रदेश, जिल्लालाई आग्रह गर्दापनी मनोमानी गरे पश्चात तालावन्दी गरिएको हो । मापदण्डले एउटै प्रकृतीको आफु निकट लाई नछुने र अन्यलाई सदस्यलाई हटाउने जस्ता लज्जास्पद निर्णयहरु सच्चाएर पुर्ण रुपमा सुद्धिकरण मापदण्ड लागु गराउन हामी माग गर्दाछौ ।
प्रेस विज्ञप्ति
ध्यानाकर्षणसहित तालाबन्दी गरिएको सम्बन्धमा
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी २०८० आश्विन २६ गते प्रकाशित गरेको नेपाल पत्रकार महासंघ दोलखा शाखाको सदस्यहरुको नामावलीप्रति प्रेस चौतारी नेपाल दोलखा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो सङ्गठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको समेत सदस्यता नवीकरण नगर्ने ढङ्गले प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने दुरासयपूर्ण रहेको हाम्रो ठहर छ । हाम्रो असहमतिका बीच नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले गरेको सिफारिस प्रति हाम्रो पूर्ण असहमति रहेको बारेमा बागमती प्रदेश समितिलाई जानकारी गर्दागर्दै यस विषयमा कुनै चासो नदिएको र सदस्यताको विषय टुङ्गो लगाउनुपूर्व श्रमजिवी पत्रकारहरुका सङ्घ तथा सङ्गठनहरुसँग गरेको सहमति समेत लत्याईएको छ । पत्रकारहरुका सङ्घ तथा सङ्गठनहरुसँग सहमतिको नाटक मञ्चन गरेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको हामी घोर भत्र्सना गर्दछौं ।
दोलखा जिल्ला शाखाबाट बिना प्रमाण नविकरण भएका र शुद्धीकरण मापदण्ड विपरित सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाई नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरुको नाम हटाएर महासङ्घको प्रदेश समितिले केन्द्रीय समितिमा सिफारिस गर्नुले महासङ्घ पत्रकारको सङ्गठन नभई गैरपत्रकारहरुको खुराफाति गर्ने थलो बनेको प्रष्ट हुन्छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र मापदण्डले स्वीकार गरेका पत्रकारहरुको समेत सदस्यता नवीकरण नगर्ने, नेपाल सरकारको वेतनधारी स्थायी शिक्षकको हकमा व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्ने, मापदण्ड विपरित हुने एउटै प्रकृतिका कोहि व्यक्ति महासङ्घको सदस्य रहने र कोहि नरहने, महासंघको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रुपमा नयाँ सदस्यता प्रदान गर्ने, मापदण्ड बाहिरका निष्क्रिय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने जस्ता घृणित र अवाञ्छित कदमप्रति प्रेस चौतारी नेपाल दोलखा
शाखा सशक्त विरोध गर्दछ । नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिले सिफारिस गरेर केन्द्रीय समितिले सार्वजनिक गरेका पत्रकार महासङ्घको नामावलीको सम्बन्धमा पुनर्विचार नभए सशक्त प्रतिकारमा उत्रनुको विकल्प नहुने जानकारी गराउँदै अनिश्चितकालका लागि नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । महासङ्घबाट जारी भएको १५ बुँदै मापदण्ड हुबहु पालना नभएसम्म ताला नखुल्ने जानकारी गराउँदछौं ।
बोधार्थ
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समिति
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी
प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी
………………
प्रभु जिरेल
अध्यक्ष
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...