दोलखा सुन तस्करी प्रकरण अनुसन्धान प्रतिवेदन सार्वजनिक
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
मंसिर ५
जिल्ला प्रहरी कार्यालय दोलखाले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी आज सो सम्बन्धी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय दोलखालाई बुझाएको छ । लामाबगरको फलाक नाका हुँदै अवैध रुपमा ल्याईएको ११ किलो ५ सय ३२ दशमव ३८ ग्राम सुन बरामद भएको करिब डेढ महिनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो । प्रहरी र सिआईवीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पुरा गरी प्रतिवेदनसहित पक्राउ परेकाहरुलाई १५ जना मध्ये एक जना बालक बाहेक १४ जना र प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले वताउनु भयो ।
प्रहरी नायव उपरीक्षक खड्काका अनुसार उनीहरुलाई भन्सार ऐन २०६४,संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र वैंक ऐन २०५८, बालबालिका सम्वन्धी ऐन २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकिकृत कसुरमा मुद्धा चलाइने छ । सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको भने खोजी भईरहेको र उनीहरु पक्राउ परेपछि पुरक अभियोग लिएर जाने प्रहरीको भनाई छ । प्रहरी अनुुसन्धानको क्रममा सुन तस्करहरुको गिरोहले चीनको तिव्वतसँग सिमाना जोडिएको दोलखाको लामावगरको फलाक नाकावाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेको पाईएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका साथमा सुनको विस्कुट ११ किलो,सुनका गरगहना ५ सय ३२.३८ ग्राम,नगद १८ लाख ३३ हजार ५ सय रहेको छ भने बरामद सुनको मूल्य १० करोड माथि रहेको प्रहरीले जनाएको छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...