दोलखाकी सुवेदीको जीवन रक्षाका लागि सहयोगको अनुरोध
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
मंसिर ७
तारादेवी बस्नेत
दुवै मिर्गौला फेल भएपछि दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ५ का कमला सुवेदीलाई आर्थिक अभावका कारण थप उपचार समस्या भएको छ । विगत लामो समय देखि मृगौला रोगबाट पीडित सुवेदीको हाल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार भई रहेको र थप उपचार गर्नका लागि आर्थिक अभाव भएको श्रीमान नवराज सुवेदीले बताउनुभयो । श्रीमान् नवराजले भन्नुुभयो,“ आर्थिक अवस्था निकै कमजोर भएकोले सहयोगी भावना, मनकारी कोमल हातहरु प्रति आर्थिक सहयोगको लागि सबैमा विनम्र अनुरोध गर्दछु ।”हाल औषधीको भरमा बाँचिरहेका सुवेदीको हप्तामा दुई पटक डायलासिस भइहेको छ । डायलासिसको लागि एक पटकमा ३ हजार ५ सय रुपैयाँ लाग्ने गरेको छ । हाल जग्गा धितोमा राखेर उपचारका भई रहेको पीडितको भनाई छ ।
दशै अगाडि नै मृगौला परिवर्तन गरिसक्नुपर्ने सुवेदीको आर्थिक अभावका कारण अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेपछि जीवनरक्षाका लागि परिवारले सहयोगका लागि आव्हान गरेको हो । सरकारी कागजात बनाउन समेत वडा र जिल्ला प्रशासन कार्यालयमा झन्झट र समय धेरै लागेको कारण पनि उपचारमा समस्या भोग्नुपरेको श्रीमान् सुवेदीले गुनासो समेत गर्नुभयो ।
पीडितका लागि सहयोग गर्नका लागि ९८४४२४४०६९ मा सम्पर्क गर्न सकिने छ भने थप उपचारका लागि पीडितको खाता खाता नम्वर ०२०००१२२१६७०००११ पठाउन सकिने पीडित परिवारले बताएका छन् ।
पीडित परिवारलाई कमला सुवेदी बचाउँ अभियानबाट संकलन भएको १ लाख रुपैयाँ रकम तामाकोसी गाउँपालिकाका अभिषेक सुवेदीले हस्तान्तरण गर्नु भएको थियो । उक्त रकम विदेशमा रहेका नेपालीहरुको सहयोगमा प्राप्त भएको सबैभन्दा बढी हो । उपचारमा धेरै खर्च लाग्ने भएकाले थप सहयोगका लागि परिवारले जीवन रक्षाका लागि सहयोगी हातहरुसंग याचना गरिरहेको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...