भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि फ्रान्सका ब्रोनलाई

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा — अन्तर्राष्ट्रिय माउन्टेन बाइक डाउन हिल मास टयाट प्रतियोगिताको उपाधि फ्रान्सका प्रख्यात साइकिलिस्ट केलियन ब्रोनले जितेका छन् ।

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि फ्रान्सका ब्रोनले जिते 

मंगलबार दोलखा ३८ सय ४१ मिटर उचाई कालिञ्चोकदेखि ८ सय ६० मिटर उचाईको नागदहसम्मको २६ किलोमिटर डाउन हिल एलिट क्याटगरीको उपाधि केलियनले ५१ दशमलब ०६ मिनेटमा पारे गरेर उपाधि जितेका हुन् । उपाधिसँगै उनले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे ।

सोही दूरी नेपालका राजेश मगरले ५३ दशमल ४१ मिनेटमा पार गरेर उपविजेता बने । उनले एक हजार अमेरिकी डलर प्राप्त गरे । यस्तै बेलायतका क्रिस्टोफर केलिगले ५४ दशमलव २१ मिनेटमा दूरी पार गरेर तेस्रो स्थान रहे । उनले अमेरिकी ८ सय डलर प्राप्त गरे ।

पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजना भएको प्रतियोगितामा एलिट विधामा नेपालसहित १७ देशका ९० साइकिलिस्टहरुको सहभागिता रहेको थियो ।

खुला तर्फको उपाधि नेपालका अरुण कार्कीले जिते । उनले ६ सय अमेरिकी डलर प्राप्त गरे । उपविजेता बनेका नेपालकै निकल थिङले ५ सय ५० र तेस्रो बनेका दिनेश महर्जनले ३ सय ५० अमेरिकी डलर पाए । जुनियर तर्फको उपाधि पनि नेपालकै अनिश तामाङले जिते । प्रतियोगिताको महिला लक्ष्मी मगर बनिन् ।

हिमालयन ईनिग्मा नाम दिइएको प्रतियोगिता एसियामा नै पहिलोपटक मास टयाट रेसका रुपमा संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा निकै कठिन पहाडमा र जंगल छिचोल्दै साइकल दौडाउनु पर्दा केही राइडर घाइते भएका छन् । मंगलबार परीक्षणका क्रममा गम्भीर घाइते भएका एक जना साइकिलिस्टलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । यो समाचार कान्तिपुर अनलाइन खबरबाट साभार गरिएको हो ।

दोलखा जिलु गाउको डोकोको कथा
4 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.