भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

एमालेको सङ्कल्प यात्राः दोलखाका विभिन्न स्थानमा अध्यक्ष ओलीलाई स्वागत गरिने

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

तारादेवी बस्नेत

मंसिर १८
समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएको नेकपा एमालेको टोली मङ्सिर २५ गते दोलखा आइपुग्ने भएको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा सहित सुरु भएको नेकपा एमालेको १९ दिने कार्यक्रमको क्रममा दोलखा प्रवेशद्वारमा मंसिर २५ गते भव्य स्वागत गरिने तयारी भई रहेको नेकपा एमाले दोलखाले जनाएको छ ।
सिन्धुपाल्चोक र दोलखाको सीमाना रहेको भीमेश्वर नगरपालिकाको प्रवेशद्वारामा नै अध्यक्ष केपी शर्मा ओली सहितको टोलीलाई भव्य वागत गर्ने कार्यक्रम रहेको नेकपा एमाले दोलखाले जनाएको छ । उक्त टोलीलाई खरिढुङगा,बोच,मकैबारी हुदैँ भीमेश्वर नगरपालिका वडा नम्वर ६ का विभिन्न स्थानहरुमा स्वागत गरिने छ । २५ गते दिउँसो सदरमुकाम चरिकोटमा बहृत सभाको आयोजना गरिने कार्यक्रम समेत तय गरिएको छ ।
सभामा अध्यक्ष ओलीले सम्वोधन गर्नुहुने नेकपा एमाले जिल्ला अधिवेशन आयोजक कमीटीका सहसंयोजक राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । चरिकोटको बृहत सभा पश्चात पीपलबोटमा जेष्ठ नागरिकसँग भेटघाट कार्यक्रम रहेको छ भने किरातीछाँप,तामाकोशी,भिरकोट,मालुमा पनि स्वागत गरिने छ । त्यसपश्चात मेलुङको सितलीमा कृषकहरुसँग भेटघाटनकार्यक्रम राखिएको मेलुङ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । जिल्लाको पार्टी कमिटिले किर्नेटारबाट सङ्कल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई २५ गते नै बिदाई गर्ने छ । नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्य पहाडी पुष्पलाल लोक मार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि सङ्कल्प यात्रा सुरु गरेको हो । यात्राका क्रममा मध्य पहाडको अवस्था र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.