भैँसीपालनबाट मासिक १ लाख बढी आम्दानी गर्न सफल
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
कालिञ्चोक मानेभटटेलीका कृषक व्यावसायिक भैसीँपालनबाट मासिक १ लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
कालिञ्चोक ८ मानेभट्टेलीका कृषक बद्रीनाथ शिवाकोटी र कृष्ण प्रसाद शिवाकोटी व्यावसायिक भैँसीपालनबाट मासिक एक लाख बढी आम्दानी गर्न सफल हुनुभएको हो । । उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री गर्छन् । कालिञ्चोक गाउँपालिका वडा नं ८ मानेभट्टेलीका ६७ वर्षीया वद्रीनाथ शिवाकोटी र कृष्ण प्रसाद शिवाकोटीले १० वटा मुर्रा जातका भैसी पालन व्यावसाय गरेका छन् । अहिले पाडापाडीसहित १६ भैंसी गोठमा रहेका छन् । चमत्कार कृषि भैसी फार्मको नाममा दर्ता गरेर गत साउन महिनाबाट व्यावसायिक भैसी पालन शुरु गरेको कृषक बद्रीनाथ शिवाकोटीले बताउनुभयो ।
उत्पादित दुध स्थानीय आनन्ददायक बहुउदेश्यीय सहकारी संस्था सुुुुुुुुनखानीले लिने गरेको छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने कुरामा उहाँहरु नमूना बन्नभएको छ । भैंसीपालन फर्ममा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन भएका छन् । अहिले ९ भैसी दुहुना छन् भने आटवटा मुर्रा पाडापाडी रहेको शिवाकोटीले बताउनुभयो । ७ रोपनी जग्गामा भैंसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आएका शिवाकोटीकोे भैंसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ ।
करिव २५ लाखको लगानीमा भैसी पालन व्यवसाय शुरु गरेको चमत्कार कृषि भैसी फार्मको लागि कालिञ्चोक गाउँपालिकाको कृषि अनुदान १० लाख रुपैयाँ रहेको छ ।
सिञ्चाईँको अभावका कारण तरकारी खेती गर्न नसकेको कृषक शिवाकोटीले गुनासो गर्नुभयो । “जग्गा जमीन प्रसस्त छ,गोलभेडा,काउली,बन्दा खेतीको तयारी गरेका थियौं,सिञ्चाईँको अभावले मल नै प्रयोग गर्न पाइएन् । कृषक शिवाकोटीले गुनासो गर्नुभयो ।
गाउँपालिकाले सहयोग गरेकै कारण व्यवसायिक भैसीँपालनका लागि आँट आयो – उहाँले भन्न्भयो । गाउँपालिकाकै सहयोगको कारण कालिञ्चोक गाउँपालिकामा कृषकहरु पशुपालन व्यवसायमा संलग्न रहेका छन् ।
नेपाली अल्छी भयौ,ं हाम्रै गाउँमा प्रसस्त सम्भावना छ,युवा जनशक्ति कृषिमा लाग्न उहाँको अनुरोध छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...