भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

दोलखामा डिजिटल पत्रकारिता तालिम

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

मंसिर २१

दोलखामा खोज तथा खोज तथा डिजिटल पत्रकारिता तालिम सुरु भएको भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजनामा सञ्चालन गर्न लागिएको तालिम आज एक कायक्रमका बीच भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले उद्घाटन गर्नुभएको हो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएको ५ दिने तालिमको उद्घाटन गर्दै उपमेयर बस्नेतले समयअनुसार प्रविधिमैत्री पत्रकारिता गरेर समाजलाई जागृत गराउन आग्रह गर्नुभयो । जिल्लामा विशेष गरी महिला पत्रकारको सहभागीता बढाउन र क्षमता विकास गराउन आफू सधै प्रयत्नशील रहेको धारणा राख्दै निडर र निर्भीक बनेर पत्रकारितामा उदाउन महिला पत्रकारलाई विशेष सुझाव दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिका–६ का वडाध्यक्ष नवीन लामा, पत्रकार महासंघका सचिव दिलसागर केसी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । । फोनिजका अध्यक्ष अर्जुन पाख्रिनको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । २५ जना सहभागी रहने तालिमको सहजीकरण पत्रकार केदार शिवाकोटी,तालिम प्रशिक्षक भोला खतिवडा, भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाईले गर्ने कार्यतालिका रहेको आयोजक फोनिज दोलखाले जनाएको छ ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.