साना किसान कृषि सहकारी सुनखानी, व्यवसायिक कृषक बनाउने अभियानमा
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको हाम्रो साना किसान कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बजुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई सम्बोधन गर्दै सहकारीले कृषिका क्षेत्रमा शुरु गरेको नयाँ अभियानले कृषकको जीवनस्तरमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । शेयर सदस्यको जीवनमा सम्मृद्धि ल्याउने कार्यक्रम सञ्चालन गर्न समेत प्रमुख घतानीले सुझाव दिनुभयो ।
सहकारीमा एक वर्षमा ३ सय ४३ जना शेयर सदस्य आवद्ध भएका छन् । गतवर्ष पौष ५ गतेबाट सञ्चालन भएको सहकारीमा एक वर्षको अवधिमा ३ सय ४३ जना शेयर सदस्य सहकारीमा आवद्ध भएको सहकारी संस्थाले जनाएको छ ।
एक वर्षको अवधिमा गाउँपालिकाका वडा नम्वर ७,८ र ९मा ४५ वटा सहकारीका विभिन्न किसान समुुहहरु समेत गठन गरिएको छ । सहकारी संस्थाले कृषकहरुले उत्पादन गरेको कृषि सामग्रीहरु विक्री वितरणका लागि हाटबजार लगाउने लगायतको योजना रहेको सहकारीका अध्यक्ष होम प्रसाद पाठकको भनाइ छ ।
“सबै घरपरिवार कृषिमा संलग्नता, पौरखी किसान निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मुुल नारासहित सहकारीले पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सहकारीका सहसचिव सुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष तुलसा बसेलले १० लाख ३९ हजार ८ सय रुपैयॉ बराबर आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मी सेढाईले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारी संस्थाका अध्यक्ष होमप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद मैनाली,वडा नम्बर ८का वडा अध्यक्ष सूर्यप्रसाद आर्चाय, जिल्ला सरकारी संघ दोलखाका महासचिव दिल बहादुर केसी, गाउँपालिकाका पूर्व उपाध्यक्ष कालिका पाठक, आनन्ददायक बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा पौडेल,कालिनाग बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सङग्राम बहादुर आर्चाय,निलकमल कुषि सहकारी संस्थाका अध्यक्ष कल्पना शर्मा,सहकारी संस्थाका उपाध्यक्ष बद्रिनाथ शिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...