कालिनाग मन्दिरमा दीप प्रज्ज्वलनसहित भव्य मेलाःभक्तजनको भीड
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा
धान्य पूर्णिमाको अवसरमा दोलखाको सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला लागेको छ । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग मन्दिरमा आज साँझ दिप प्रज्ज्वलन गर्न श्रद्धालुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु भक्तजनहरुको भीड लागेको हो ।
मेलाका अवसरमा विभिन्न स्थानबाट पौराणिक भजन र पञ्चेबाजासहितको डोली मन्दिरमा भित्रयाइने चलन रहेको छ । पञ्चेबाजा,पौराणिक भजन किर्तनसहित घरघरबाट फूलमालाले सिंगारिएका डोलीहरु कालिनाग मन्दिरमा लगिने प्रचलन रहेको छ । रङ्गिविरङगी डोली,रातभर वत्ती बाल्ने महिला,भजन टोलीको भजनको रौनक र पञ्चेबाजाको रौनकले भरिने कालिनाग मन्दिरको यो मेला सबैभन्दा ठूलो मेला भएको स्थानीय जेष्ठजन मनमाया शिवाकोटीले बताउनुभयो ।
मन्दिरमा वत्ती बाल्न दोलखाको विगु,गौरीशंकर,भीमेश्वर,बैत्यश्वर,मेलुुुुुुङ,शैलुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुङ लगायत जिल्ला भित्र र बाहिरबाट भक्तजनहरुको भीड लागेको कालिनाग संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार भत्तजनलाई सहजताका लागि बत्ती बाल्न र रात विताउन सहज हुने गरी व्यवस्थापन गरिएको छ ।
रातभर भजनकृतन गरी जागा रहनुपर्ने चलन अनुसार अहिले पनि रातभर जात्रा भर्नेको भीड लाग्ने गरेको स्थानीयको भनाइ छ ।
आज साँझ मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिने छ । साँझमा बालिएको वत्ती भोलिपल्ट विहानसम्म अखण्ड रुपमा बालिने चलन रहेको छ । व्रतालुहरुले दिनभर फलाहार मात्र गरेर रातभर जाग्राम बसी वत्ती बाल्ने प्रचलन छ । भोलिपल्ट विहान विधिपूर्वक पूजा गरेपछि भक्तजनहरु घर फर्कने छन् ।
मन्दिरमा धान्यपूर्णिमामा दीप प्रज्ज्वलन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । किम्बदन्ती अनुसार सत्रौ शताब्दितिर शिवाकोटीहरुको आदि पुर्खा गणेश पाध्य भारतको कुमाउ गढवालबाट एउटा रालो नभएको घण्ट बोकी यात्राका क्रममा बाटोमा बास बसे । रातमा विश्राम गर्दा उनी गाईको गोवरले पोती घण्टलाई सिरान छेउमा राख्थे ।
विहान घण्ट उठाउँदा घण्टभित्र छोपिएर रहेको अवस्थामा एउटा नागको दर्शन पाउँथे । यसै क्रममा गणेश पाध्य हालको सुनखानी छर्पकुमा आई छाप्रो हाली बसोबास सुरु गरे । छर्पकुमा पनि नागले त्यसैगरी दर्शन दिए । पछि उनले मन्दिर बनाउने सोच बनाए । एक दिन सपनामा नागले हालको मन्दिर छेवैमा रहेको बाँझको रुखमा बसेको देखाए पछि पाध्यले सोहि रुखको फेदमा कालिनागको कुलायन स्थापना गरी पुजा अर्चना सुरु गरे ।
यसरी स्थापना गरिएको कुलायन शिवाकोटीले कूल देवताका रुपमा पूजा गर्दै आएका छन् भने कालिनाग प्रति सबै थर, गोत्र, जातजाति र धर्माबलम्बिहरुले उत्तिकै आस्था र विश्वास प्रकट गर्ने गरेका छन् । मन्दिरमा दर्शन र पुजा गरे मागेको कुरा पुरा हुने जन विश्वास रहदै आएको छ ।परम्परा अनुसार शिवाकोटीहरुको कुल पुजा गर्ने पर्वहरु नागपञ्चमी र देवालीमा शिवाकोटीहरुको मूलघर चौघरामा रहेको कुल कोठामा संरक्षण गरिएको घण्ट मूल पुजारीको अगुवाईमा बाजा गाजा, भजनकृतन सहित कालिनाग मन्दिरमा लगि विशेष पुजा गरी बेलुकी सोहि ढङ्गले दरवार भित्राईने परम्परा रहेको छ भने धान्यपूर्णिमा,तीज,कृष्णाष्टमी लगायतका पर्वमा मेला लाग्ने गरेको छ ।
आज काठमाण्डौको भीमसेन गोलामा रहेको कालिनाग मन्दिर,चितवन र झापामा रहेका कालिनाग मन्दिरमा पनि धान्यपूर्णिमाको अवशरमा वत्ती बाल्ने कार्यक्रम रहेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...