दोलखामा १४ गतेबाट वडाध्यक्ष कप हुँदैः प्रथम पुरस्कार ७५ हजार
9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिकां ५ मा वडाध्यक्ष प्रथम जिल्लाव्यापी माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा आगामी पुष १४ गते देखि जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगिता हुने भएको हो ।
भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा वडामा प्रथम अध्यक्ष कप जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । वडा अध्यक्ष बासु श्रेष्ठका अनुसार खेल पौष १४ गते देखि बुढाभीमसेन खेलमैदान धरमघर संञ्चालन हुने छ । खेलमा कक्षा १० सम्म अध्ययन गर्ने छात्रहरु सहभागी हुन पाउने छन् ।
फिफाको नियम अनुसार खेलाईने उक्त प्रतियोगितामा विजेताले ७५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । उपविजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । सेमिफाइनलमा पुगेका २ टिमलाई १०–१० हजार, ट्रफी र प्रमाण–पत्र,उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट किपरलाई २ हजार र ट्रफी प्रमाणपत्र प्रदान गरिने छ ।
खेल सहसंयोजक राजु नेपालीका अनुसार हालसम्म २५ टिमले नाम दर्ता गराएका छन् ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाई छ ।
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
कालिञ्चोककी वृद्धाको हत्यामा संलग्न एक युवक पक्राउ
समदृष्टि अनलाइन संवाददातासाउन १० दोलखाको कालिञ्चोक गाउँपालिकामा गत विहिबार मृत अवस्थामा फेला परेकी बृद्धको हत्या भएको पाइएको छ । जिल्लाको कालिञ्चोक...