वडाध्यक्ष कपको उपाधि वैत्यश्वर मावि नाम्दुलाई
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको भीमेश्वर नगरपालिकामा आयोजित वडाध्यक्ष कपको उपाधि बैत्यश्वर मावि नाम्दुले हात पारेको छ । आज भएको अन्तिम चरणको खेलमा द राइजिङ स्टार स्कुललाई ० का विरुद्ध १ गोल अन्तरले वैत्यश्वर माध्यमिक विदयालय विजयी भएको हो ।
भीमेश्वर नगरपालिका वडा नं ५ को आयोजनामा भएको जिल्ला व्यापी मावि स्तरीय छात्र फुटबल प्रतियोगितामा राइजिङ स्टार स्कुल दोस्रो स्थान प्राप्त गरेको थियो भने कालिञ्चोक माध्यमिक विद्यालय र अल्पाइन पब्लिक स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
खेलमा सर्वाधिक गोल कर्ता राइजिङ स्टार स्कुलका अशोक थापा,उत्कृष्ट किपर बैत्यश्वरका सनिदेवा तमाङ र उत्कृष्ट किपरको उपाधि वैत्यश्वरकै अशिम विकले २ हजार नगद र ट्रफि सहित जित्न सफल भए ।
अन्तिम खेलको म्यान अफ दि म्यासको ट्रफी र २ हजार रकम सहित वैत्यश्वर मावि कै प्रदिप तमाङ सम्मानित भएका थिए ।
खेलमा प्रथम हुने टिमलाई नगद ७५ हजार दोस्रो हुनेलाई नगद ३५ हजार सहित दुबै टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरेको थियो । खेलमा सान्त्वना स्थान हासिल गर्न सफल समूहलाई १० हजार पुरस्कार प्रदान गरियो ।
वागमती प्रदेश पूर्व मन्त्री रचना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न समापन एवम पुरस्कार वितरण समारोहमा भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धर,उपमेयर कमला बस्नेत लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम व्यस्थापनमा सहयोग गर्ने विभिन्न विषयगत संघ संस्थालाई सम्मान गरिएको थियो ।
भीमेश्वर नगरपालिका वडा नं ५ बुढाभीमसेन खेल मैदानमा सम्पन्न खेलमा दोलखाका १९ विद्यालयको सहभागिता रहेको थियो ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...