भूमिराज खड्काको अध्यक्षतामा सर्वसम्मत जिल्ला बचत संघ गठन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्ला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः भुमिराज खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
दोलखा सदरमुकाम चरिकोटमा आज सम्पन्न सहकारी संघको २५ औं साधारण सभाबाट भूमीराज खड्काको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी,उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,महासचिव तेन्जिङ शेर्पा,सचिव सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी दोलखाको सदस्यहरुमा ध्रुव सापकोटा,डम्बर बहादुर खड्का,गणेश बहादुर बस्नेत,भानुदेवी नेपाली,मिङ्माछिरी शेर्पा,मिना जिरेल,मन्दिरा लामिछाने,डम्बर बहादुर आचार्य,सिताराम दहाल,मेघराज केसी,लक्ष्मी दहाल रहेका छन् ।
संघको साधारण सभाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ । सदस्यमा कृष्ण कुमार श्रेष्ठ र कालिका वलि निर्वाचित भएका छन् ।
सहकारीको साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाकी उपाध्यक्ष, एवमँ हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको समाचार तथा कार्यक्रम प्रमुख सिर्जना थापा ‘पशुपति स्मृति सहकारीता पुरस्कार’ वाट पुरस्कृत हुनुभएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...