अनलाइन बालयौन दुर्व्यवहार बढ्दो अवस्थामाःसमयमै सचेत बन्नु पर्नेमा जोड
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
बालबालिकाहरुमाथि इन्टरनेट अनलाइन दुव्र्यवहार दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । सिविन नेपालले सोमबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको अनलाइनमा बालसंरक्षण विषयक अभिमुखीकरण कार्यक्रममा इन्टरनेट अनलाइन दुव्र्यवहार न्युनीकरणमा समयमै सचेत नभए अवस्था असामान्य बन्दै जाने बताएको हो ।
सिविन नेपालले बालबालिकामाथि हुने अनलाइन यौन शोषण सम्बन्धमा गरेको अध्ययनले बालिकाहरुको तुलनामा बालकहरुमाथि बढी यौन शोषण भइरहेको तथ्य देखाएको छ ।
अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउनका लागि दबाब झेल्नेहरुमा केटीहरुको तुलनामा केटाहरुको संख्या अधिक रहेको सिविन नेपालका कार्यक्रम व्यवस्थापक माधव लोहनीले बताउनुभयो । उहाँका अनुसार समयमा नै अनलाइन इन्टरनेटको दुरुपयोग रोक्न नसके समस्या बढ्दै जाने छ । कार्यक्रमलाई सहजीकरण गर्दै लोहनीले सबै सरोकारवालाले जिम्मेवार भएर भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधानले बालबालिकालाई अनलाइन इन्टरनेटबाट हुने दुव्र्यवहार रोक्न सर्वपक्षीय चिन्तन र व्यवहारको आवश्यकता औल्याउँनुभयो ।
जिल्ला प्रहरी कार्यालय दोलखा मुद्दा शाखाको तथ्याङ अनुसार दोलखामा पनि सातामा कम्तिमा पनि एउटा उजुरी आउने गर्छ । अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउने,फेस बुक ह्याक,अश्लिल भिडियो पोष्ट लगायतका यौन दूव्र्यव्हारका समस्या लिएर विद्यालय पोशाकमै विद्यार्थी आउने गरेका छन् । दोलखामा भने उजुरी गर्न आउने बालिकाको संङख्या बढी रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ रहेको छ । कार्यालयका अनुसार उजुरी आउने तर जाहेरी दिन भने धेरैले मान्दैनन् यसैले सम्झाउने र मेलमिलाप गराउने काम बढी भएको छ ।
कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेट अनलाईन बाल दुव्र्यवहारको समस्या बढ्दै गएको पाइएको छ ।
कार्यक्रमका सहभागीले अनलाइन बाल यौन शोषण कम गर्न अभिभावक जागरुक र सचेत हुनुपर्ने बताए । नीतिगत प्रष्टता पनि आवश्यक भएको धारणा राखे । समस्या समाधानका लागि सचेतनामूलक कार्यक्रम,विद्यालयमा सिर्जनशील कार्यक्रम सञ्चालन र इन्टरनेट अनलाईन बाल दुव्र्यवहारका सन्दर्भलाई स्थानीय पाठ्यक्रममा समेट्न र स्थानीय सरकार सबैभन्दा बढी जिम्मेवार हुनु पर्ने कुरामा कार्यक्रमका सहभागीले जोड दिए ।
अभिमुखीकरण कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग,प्रविधिका फाइदा र वेफाइदा,अनलाइन बाल यौन दुव्र्यवहारका प्रकृति,इन्टरनेट अनलाईन बाल दुव्र्यवहारबाट जोगाउन स्थानीय तह,शैक्षिक संघसंस्था,प्रहरी र समग्र नागरिक समाजको भुमिकाका सवाल अभिमुखीकरण कार्यक्रमका विषय रहेका थिए ।
कार्यक्रममा शिक्षक,विद्यार्थी,अभिभावक,भीमेश्वर नगरपालिका प्रतिनिधि,सुरक्षाकर्मी,कानुन व्यवसायी,पत्रकार र विभिन्नन सामाजिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधिको सहभागिता रहेको थियो ।
अनलाइन यौन शोषणमा परेकाहरुमा ठूलो मात्रामा मानसिक असर देखिएको सिविन नेपालले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...