दोलखाका विद्यार्थीको अभिरुचि सर्वेक्षण गरिँदै ।
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका द्वारा सञ्चालित भीमेश्वर व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत अभिरुचि पहिचानका लागि दोलखाका विद्यार्थी सर्वेक्षण फाराम भर्न लागिएको छ ।
स्थानीय स्तरमा उद्योग व्यवसाय सञ्चालन गरी समृद्ध समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले सर्वेक्षण गर्न लागिएको भीमेश्वर नगरपालिका द्वारा सञ्चालित भीमेश्वर व्यवसाय प्रवद्र्धन केन्द्र चरिकोट दोलखाका संयोजक तारानाथ चौलागाईले बताउनुभयो ।
युवा विद्यार्थीको विदेश पलायनता न्युनीकरण गरी रुचि,क्षमता र सम्भावनाका आधारमा तालिमको समेत व्यवस्था गरेर रोजगार सिर्जना गर्न अभिरुचि पहिचान आवश्यक भएको संयोजक चौलागाईँको भनाइ छ ।
जिल्लामा रहेका ९९ माध्यमिक विद्यालयका ९ र १० मा अध्ययनरत करिब ६ हजार विद्यार्थीको अभिरुचि पहिचान गरी भावी उद्यम विकासको लागि योजना तर्जुमा गर्न विद्यार्थी सर्वेक्षण फारम भर्न लागिएको हो ।
सर्वेक्षणले सुशासन,विकास निर्माण र स्थानीय नागरिकको जीवनस्तर सुधारमा स्थानीय सरकाबाट गरेका अपेक्षा,स्वदेशभित्रै गुणस्तरीय उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीको बुझाई,सम्बृद्ध जीवनयापनका लागि अभिरुचि लगायतका १३ विषयवस्तुमा केन्द्रित रहेर सर्वेक्षण गरिने जनाइएको छ ।
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट परिसरमा गत असोजमा भीमेश्वर व्यवसाय प्रवद्र्धन केन्द्र उद्घाटन भएको थियो । क्याम्पस परिसरमा स्थापना गरिएको अनुसन्धान केन्द्र तथा भीमेश्वर व्यवसाय प्रवद्र्धन केन्द्रको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो ।
गत साता भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको भीमेश्वर बिजनेस इन्क्युबेसन सेन्टरबाट उद्यमशीलतामा जोडिएका नवउद्यमीहरुले आफ्ना उत्पादनको प्रदर्शनी गरेका गरेका थिए भने सेन्टरले आयोजना गरेको सिकाई आदानप्रदान कार्यक्रममा नगरपालिकाभित्रका उद्यमीहरुले आफ्ना उत्पादनको प्रदर्शनीसहित अनुभव आदानप्रदान गरेका थिए ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...