रेडक्रसको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जफे, सहरे र च्यामा उपशाखाको समन्वयमा तामाकोसी गाउँपालिकाका माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
तामाकोसी गाउँपालिका वडा नं ३ को चनौटे आधारभूत विद्यालयमा सम्पन्न प्रतियोगितामा गोल्मेश्वर मावि मालु प्रथम, कालापानी मावि जफे द्वितीय, महेन्द्र मावि च्यामा तृतीय र सीतापाइला मावि जफे सान्त्वना भएका हुन् । ।
सहरे उपशाखाका सभापति नरहरि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तामाकासी गाउँपालिकाका अध्यक्ष केसीले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै आयोजक रेडक्रस जिल्ला शाखा र उपशाखाहरुलाई धन्यवाद दिनुभएको थियो । प्रतियोगिताले विद्यार्थीहरुमा प्रतिस्पर्धी भावनाको विकास संगै विद्यार्थीहरुलाई सिकाइप्रति जागरुक बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा, नेपाल रेडक्रस सोसाइटी जफे, सहरे र च्यामा उपशाखाका प्रमुख एवम प्रतिनिधि,सहभागी विद्यालयका शिक्षक,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तामाकोशी गाउँपालिका भित्रका ९ विद्यालयको सहभागिता रहेको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...