कमला बस्नेतको अध्यक्षतामा उपमेयर्स फोरम गठन
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा जिल्लाका स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरुको ९ सदस्यीय उपमेयर्स फोरम गठन गरेको छ ।
भीमेश्वर नगरपालिकामा सम्पन्न जिल्ला स्तरीय अनुभव तथा सिकाइ आदान प्रदानमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा ९ पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहने गरी फोरम गठन गरेको हो ।
उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकामा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्न, पालिकाहरुसँग आवश्यक सहजीकरण गर्नका लागि भेलाले फोरम गठन गरेको हो ।
कार्यक्रममा दोलखा विभिन्न पालिकाका उपाध्यक्षहरु मेलुङ गायत्री आचार्य,शैलुङ पार्वती कार्की,जिरी कृष्णमाया बुढाथोकी,विगु देविका थामी,वैत्यश्वर कल्पना उप्रेती,तामाकोशी सिर्जना सुवेदी,को उपस्थिति रहेको थियो ।
भेलाले हरेक दुइ महिनामा अनुभव आदान प्रदान कार्यक्रम गर्ने र आगामी कार्यक्रम फाल्गुनमा नै गर्ने समेत निणर्य गरेको छ ।
‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता कामहरु गर्दै आइरहेकोमा अन्य पालिकाबाट केही अनुभवहरु बटुल्न सहज होस् भन्नका लागि हामी संगठित भएका हौं भीमेश्वर नगरपालिका उपप्रमुख बस्नेतले भनिन ‘आफ्ना क्षेत्राधिकारका बारेमा संगठित रुपमा कसरी राम्रो गर्न सकिन्छ ? एकअर्कालाई रचनात्मक सहयोग कसरी गर्न सकिन्छ ? भनेर केही नयाँ सिक्ने र आफूले जानेका कुराहरु सिकाउनका लागि संगठित रुपमा पहल गर्ने हाम्रो उद्देश्य हो ।
न्यायिक समितिको जिल्लास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायिक समिती सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुती गरेका थिए । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायिक समितिलाई प्रक्रियागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न न्यायिक समितीलाइ सहयोग पुग्ने कुरा बताउनु भएको थियो ।
उपमेयर्स फोरम गठन भएपश्चात पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र विषयगत समितिका भुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग हुने कुरा द एसिया फाउण्डेशनका वागमती प्रदेश संयोजक उद्धब प्रसाद अधिकारीले बताउनुभयो ।
कार्यक्रममा न्यायिक समिपतको सिकाइ, अभ्यास र आगामी दिनका लागि सुझाव संकलन गर्न आएका द्वन्द्ध बिश्लेषक डा. बिष्णु उप्रेतीले संघियतामा न्यायिक समिति नयाँ अभ्यास भएको बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले उपमेयर्स फोरमलाइ शुभकामना प्रदान गर्नुभएको थियो ।
पालिका भित्रका ९ विद्यालयको सहभागिता रहेको थियो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...