शैलुङ हत्याकाण्डका आरोपित सार्वजनिक
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको शैलुङमा भएको हत्याकाण्डको आरोपितहरुलाई दोलखा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुलाई गत पुसमा शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र सो हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको बताउनुभयो ।
प्रहरीका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो । विवादपछि किशोरीका ठुलोबुबाका छोरा बिशाल नेपाली पनि पुगेका थिए । त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृतक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेका थिए ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...