विद्यार्थीहरुलाई निता राउत फाउन्डेसनको सहयोग
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नीता राउत फाउन्डेसनले दोलखा जिल्लाका दुई आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र स्टेशनरी सहयोग गरेको छ ।
दोलखाको भिमेश्वर नगरपालिकाका वडा नम्बर ७ मा रहेको साखिने र भिमेश्वर नगरपालिका १ मा रहेको सुन्द्रावती आधारभुत विद्यालयका १ सय ६ जना बालबालिकालाई फाउन्डेसनले सहयोग गरेको हो । साखिनेका १देखी ७ कक्षा सम्म अध्ययन गर्ने ३६ जना र सुन्द्रावतीका बालबिकास देखी ५ कक्षासम्म अध्ययन गर्ने ७० जना विपन्न बालबालिकाहरुलाई फाउन्डेसनले सहयोग गरेको फाउन्डेसन संस्थापक नीता राउतले जानकारी दिनुभयो ।
आफ्नो पारिश्रमिकबाट रकम छुट्टाएर फाउन्डेसनकी संस्थापक राउतले बर्सेनि देशका विभिन्न जिल्लाका विद्यालयमा सहयोग गर्दै आउनुभएको छ । विद्यार्थीहरु सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा बोल्नुहुदै वडा नम्बर ७ का वडाध्यक्ष बिनोद तामाङ्ग मोक्तानले आफ्नो पारिश्रमिकबाट रकम खर्चिएर बालबालिकाहरुलाई सहयोग प्रती आभार व्यक्त गर्नुभयो।
सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुका लागि गरिने यस किसिमको सहयोगले उनीहरुमा पढ्नुपर्छ भन्ने हौसला र उत्प्रेरणा मिलेको अध्यक्ष तमाङले बताउनुभयो । दोलखा जिल्लामा दर्ता भई सामाजिक सेवा गर्दै आईरहेको फाउन्डेसनले भुकम्प , कोभिड (१९ जस्ता महामारीका बेला सामाजिक उत्तरदायी बहन गर्दै सहयोग गरेको थियो । विकट डोल्पा , जुम्ला , रुकुम लगायतका जिल्लामा बर्षेनी विपन्न वालबालिकालाई स्कुल ड्रेस , शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आईरहेकी फाउन्डेसन संस्थापक राउत आफ्नो सानो सहयोगले बालबालिकाको उज्ज्वल भविष्यका लागी केही न केही टेवा पुग्ने विश्वास लिएर निरन्तर लागी रहेको बताउनुभयो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...