भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

कालिञ्चोक गाउँपालिका सहकारी सञ्जाल गठन

12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

सुनखानी, १७ फागुन
कालिञ्चोक गाउँपालिका भित्र रहेका सहकारी सञ्चालकहरूको भेलाले कालिञ्चोक गाउँपालिका सहकारी सञ्जाल गठन गरेको छ । आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष प्रेमलाल शिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय सहकारी सञ्जाल गठन भएको हो ।
जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर केसीको अध्यक्षतामा भएको भेलाले उपाध्यक्षमा छलिमाया थामी, सचिव चित्रबहादुर खड्का, कोषाध्यक्ष नारायण रेग्मी चयन भएका छन् । सञ्जालको सदस्यहरूमा कमल कार्की, निरबहादुर बस्नेत, गुरूप्रसाद खरेल, जगत खत्री, कर्णबहादुर थामी, देवेन्द्र थामी, कल्पना शर्मा रहेका छन् । गाउँपालिका भित्र विभिन्न उद्देश्यका सञ्चालित ५६ सहकारी संस्थाहरू रहेका छन् ।

सहकारी अभियानलाई व्यवस्थित र एकअर्का बीच समन्वय गर्न सञ्जाल गठन गरिएको जिल्ला सहकारी संघका कोषाध्यक्ष नवीनकुमार खतिवडाले जानकारी दिनुभयो । सहकारी क्षेत्रको नियम र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई संवैधानिक अधिकार भएकोले स्थानीय तहलाई सहयोग गर्न पनि सहकारी सञ्जाल आवश्यक रहेको उहाँले बताउनुभयो ।
यश अघि तामाकोसी गाउँपालिकामा सहकारी सञ्जाल सक्रिय रहेको छ । मेलुङ गाउँपालिका र गौरीशंकर गाउँपालिकामा पनि यश अघि नै सहकारी सञ्जाल गठन भएका छन् ।
दोलखाका ९ वटै स्थानीय तहमा यस्तो सञ्जाल विस्तारको अभियान सञ्चालन गर्ने योजना रहेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.