भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

बुढाभीमसेन भलिबल प्रतियोगिताको उपाधि क्षमावती माविलाई

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

१८ फागुन, धरमघर ।
बुढाभीमसने माध्यमिक विद्यायलमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि क्षमावती माध्यमिक विद्यालयले प्राप्त गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरको वार्षिक दिवसको अवशरमा भएको अन्तिम खेलमा सर्व माध्यमिक विद्यालय जिलुलाई पछि पार्दैै क्षमावती माध्यमिक विद्यालयले उपाधि जितेको हो ।

 


विद्यालयको ५५ औ वार्षिक दिवस एवम १७ औँ अभिभावक दिवसको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले पुरस्कार वितरण गर्नु भएको थियो ।विद्यालयले प्रदान गरेको नगर पुरस्कारमा थप गर्दै नगरप्रमुख मानन्धरले विजेता र उपविजेतालई १० ÷१० हजार रुपैँया थप गरिदिने वचन दिनुभएको विद्यायका खेल संयोजक पदम थामीले बताउनुभयो ।
भलिबल प्रतियोगितामा सर्व माध्यमिक विद्यालय जिलुका कृष श्रेष्ठले वेष्ट डिफेन्डर,क्षमावती माध्यमिक विद्यालयका विरप थामीले वेष्ट लिफ्टर,र सोही विद्यालयका मनोज नेपालीले वेष्ट स्पाइकरको उपाधि प्राप्त गर्न सफल भएका छन् ।


कार्यक्रम अवधिभर मुख्य रेफ्रीको भूमिका मेहेश खातीले निर्वाह गर्नुभएको थियो ।
विद्यालयको खेलमैदानमा आयोजना गरिएको खेलमा भीमेश्वर नगरपालिकाका ९ विद्यालयको सहभागिता रहेको थियो ।
विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.