बुढाभीमसेन माध्यमिक विद्यालयको ५५ औ स्थापना दिवस
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
बुढाभीमसेन माध्यमिक विद्यालय धरमघर दोलखाले ५५औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालय स्थापनाको ५४ वर्ष पूरा भएको सन्दर्भमा स्थापना दिवस एवम अभिभावक दिवस एकसाथ सम्पन्न गरेको हो ।
भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मानन्धरले शैक्षिक गुणस्तर विकासका लागि विद्यालयलाई कुनै कुराको कमी हुन नदिने उद्घोष गर्नुभयो । विद्यालयमा भएका विद्यार्थीलाई विश्व वजारमा प्रतिस्पर्धा गराउन सक्ने गरी शिक्षा दिन विद्यालयलाई सुझाव दिँदै विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै गए नगरपालिकाले कुनै पनि कुराको अभाव महशुस नगराउने विश्वास व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा नगरपालिकाका उपमेयर कमला बस्नेतले शैक्षिक समस्याको कारण पत्ता लगाउन जरुरी भएको भन्दै अभिभावक,शिक्षक र विद्यार्थीलाई समस्या सुल्झाउन सुझाव दिनुभयो । नगरको शिक्षा विकासको लागि नगरले पूर्ण सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य बालकृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरविद्यालय स्तरीय भलिबल प्रतियोगिताका विजयी प्रतियोगिलाई पुरस्कार वितरण, विभिन्न अक्षयकोष छात्रवृत्ति वितरण,उत्कृष्ट शिक्षक,अभिभावक र विद्यार्थी सम्मान लगायतका कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक जगत बहादुर कार्कीले आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक उद्धव कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धरमघरका महिलाका पञ्चेबाजा,अभिभावक खेल,बालबालिकाका साँस्कृतिक प्रस्तुति रहेको थियो ।
कार्यक्रममा भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत,भीमेश्वर नगरपालिका ५ का वडाध्यक्ष बासु श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।
विद्यालयको स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगिताका विजेता क्षमावती माध्यमिक विद्यालय र उपविजेता सर्व माध्यमिक विद्यालय जिलुलाई कार्यक्रमका प्रमुख अतिथि मानन्धरले पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालयको खेलमैदानमा आयोजना गरिएको खेलमा भीमेश्वर नगरपालिकाका ९ विद्यालयको सहभागिता रहेको थियो ।
विजेता र उपविजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कार तथा सम्मान
विद्यालयले उत्कृष्ट शिक्षकमा निर्मला शिवाकोटी,उत्कृष्ट अभिभावक रेखा कार्की र उत्कृष्ट विद्यार्थी अभिषेक कुमार धनुकेलाई सम्मान गरेको छ । विद्यालमा स्थापना गरिएको स्वर्गीय रामकुमारी थापा स्मृति अक्षयकोष छात्रवृत्तिबाट ४३ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरेको छ भने स्वर्गीय सावित्री कार्की स्मृति अक्षयकोष छात्रवृत्तिबाट १० जना उत्कृष्ट विद्यार्थी र स्वर्गीय कर्ण बहादुर मनमाया कार्की स्मृति अक्षय कोषबाट १ जना विद्यार्थीलाई नगदर पुरस्कार प्रदान गरिएको छ ।
वार्षिक दिवसको अवसर पारेर विद्यालयका पूर्व शिक्षक एवम स्थानीय पर्वत कार्कीले ममतामयी माता स्वर्गीय रत्नमाया कार्कीको स्मृतिमा एसइइमा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको छ । अवका प्रत्येक वर्षमा आमाको स्मृतिमा एसइइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै जाने समाजसेवी कार्कीले बताउनुभयो ।
विद्यालयले वार्षिक दिवसको अवसरमा आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी र उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरेको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...