भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

नेपाल रेडक्रस सोसाईटी दोलखाको ४२ औँ साधारण

11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको ४२ औँ वार्षिक साधारण सभा आज चरिकोटमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्नुहुदैँ बागमती प्रदेश सांसद भरत बहादुर केसीले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले गरेको गतिविधिको प्रशंसा गर्नुभएको छ ।
विपदमा परेका दोलखालीका लागि रेडक्रसले गरेको गतिविधिक सकरात्म भएको केसीले बताउनु भयो ।उहाँँले भन्नु भयो “जहाँ जिल्लामा विपद प¥यो त्यहीँ रेडक्रस पुगेको देख्दा निकै खुसी लाग्ने गरेको छ ।” नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री भरत नारायण प्रधानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष भीम बहादुर केसीले ४३ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ बराबरको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सभामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमाल बस्नेत, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङ, तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, विगु गाउपालिका उपाध्यक्ष देवीका थामी, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, माओवादी केन्द्र दोलखाका तारानाथ चौलागाई, एकिकुत समाजबादी दोलखाका उपाध्यक्ष सङ्गीता प्राखिन, राप्रपा नेपाल दोलखाका अध्यक्ष नवराज श्रेष्ठ, नेपाली काङ्ग्रेस दोलखाका जिल्ला कार्य समिति सदस्य राजन बस्नेत, राप्रपा दोलखाका विरशङ्कर शाहि, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका प्रवक्ता जयराम खड्का, नेपाल क्षयरोग निवारण संस्था दोलखाका सभापति हर्कबहादुर श्रेष्ठ, नेपाल रेडक्रस जिल्ला शाखा दोलखाका उपसभापति रिता रिमाल लगायतले रेडक्रसले गरेको गविधिको बारेमा आफनो धारणा राख्नु भएको थियो ।
साधारण सभामा संस्थालाई सहयोग गर्ने नगरपालिका,गाउँपालिका,रगतदान गर्न सहयोग गर्ने विभिन्न सरकारी तथा गैर–सरकारी संघ र पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.