भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने शिक्षक संगठनको अभियान

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाले अगुवा शिक्षक नेताबीच March to local level -2024 कार्यशाला सम्पन्न गरेको छ । सङ्गठन सुदृढीकरण र शुद्धीकरण गर्दै स्थानीय तहसम्म सशक्त सङ्गठन निर्माण गर्ने र गुणस्तरीय सिकाइ अभिवृद्धि गर्नेँ उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सञ्जय खड्काले बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको निर्णयानुसार जिल्ला समिति दोलखाद्वारा अगुवा शिक्षक नेताहरूबिच March to local level -2024 सम्पन्न भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पूर्व सञ्चार मन्त्री पार्वत गुरुङ,नेपाल शिक्षक महासंघ दोलखा अध्यक्ष पदम बहादुर जिरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष सञ्जय खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन उपाध्यक्ष विमला दुलाल लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने शिक्षक संगठनको अभियान जिल्लापछि स्थानीय तह हँदै विद्यालयसम्म सञ्चालन गर्ने जनाइएको छ ।

कार्यक्रममा जिल्ला तहका अगुवा शिक्षक नेताहरुको उपस्थिति रहेको थियो । दोलखामा नेपाल राष्ट्रिय शिक्षक संगठनमा १३ सय शिक्षक आवद्ध रहेका छन् । जिल्लाभर २१ सय ७० शिक्षक रहेका छन् ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.