भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

तालिमपछि थपिएको उत्साहः भीमेश्वर नगरपालिका

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

भीमेश्वर नगरपालिका
दोलखा

केही वर्ष अघिसम्म घर धन्दामा सीमित भीमेश्वर नगरपालिका ५ की  बबिता नेपालीको अहिले दैनिकी फेरिएको छ ।  घर धन्दामा सीमित नेपालीलाई विगत एक वर्षदेखि जिल्लामा हुने गरेका हरेक गतिविधिमा पञ्चेबाजा बजाउन भ्याइनभ्याइ छ ।  नगरपालिकाले पञ्चेबाजा बजाउने तालिम दिईएसँगै वडा नम्वर ५ का ११ जना महिलाको दैनिकी वविताको जस्तै छ ।। घरको काममा नै सीमित नेपाली आजभोलि जिल्लामा हुने उत्सव र महोत्सवका विभिन्न कार्यक्रममा पञ्चेबाजा वजाएर हिड्न पाउँदा निकै खुुसी बताउनुहुन्छ । वविताजस्तै २२ देखि ५० वर्षसम्मका महिलाहरु आजभोलि एउटै पोसाकमा पञ्चेवाजा बजाएर हिड्ने गरेका छन् ।

नगरपालिकाले प्रदान गरेका धेरै सिप विकास तालिम मध्ये पञ्चेबाजा तालिम निक्कै प्रभावकारी भएको भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतको भनाई छ । उहाँका अनुसार चालुु वर्ष भीमेश्वर नगरपालिका वडा नं ४ का महिलाहरुलाई पनि पञ्चेबाजा तालिम दिएको छ । उनीहरुपनि पञ्चेबाजा बजाउन सिपालु भइसकेका छन् ।


अहिले नगरले महिलाहरुका लागि सवारी चालक सम्बन्धी तालिम प्रदान गरिरहेको छ भने सुकुल र चप्पल बुन्ने,हाते होजियारी,मुढा बनाउने,व्युटी पार्लर,सिलाई,बुुटिक,धुप बनाउने,अचार बनाउने,झोल साबुन बनाउने लगायतका प्रत्यक्ष आयआर्जन गर्न सकिने तालिम प्रदान गरिरहेको छ । नगरले महिलालाई व्यवासायिक बनाउन तालिमसंगै आवश्यक सामग्रीहरुसमेत सहयोग गर्दै आएको भीमेश्वर नगरपालिका महिला शाखा प्रमुख सुर्जा दहालले बताउनुुभयो ।
नगरपालिकाले प्रदान गरेको सिलाई तालिमकै कारण आफुलाई जिविको पार्जनमा सहयोग पुुगेको भीमेश्वर नगरपालिका ४ की चन्द्रावती बस्नेतको भनाई रहेको छ । नगरले तालिम प्रदान नगरेको भए जीविकोपार्जनमा निक्कै समस्या हुुने समेत बताउनुभयो
नगरपालिकाले तालिम मात्रै दिएको छैन् उनीहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि दिने गरेको छ । तीन महिने तालिमसँगै सिलाई व्यवसाय गर्नका लागि मिसिन पाएपछि व्यवसाय गर्न सहज भएको भीमेश्वर नगरपालिकाकी सुमीना थामीले खुसी व्यक्त गर्नुभयो ।
। नगरले स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै आवश्यकताका आधारमा तालिम प्रदान गरेकाले  तालिम जीवनउपयोगी र प्रभावकारी पाइएको सामाजिक अभियन्त राजन बस्नेतको भनाइ छ ।


नगरपालिकाले आफनो वार्षिक निति तथा कार्यक्रममा व्यवस्था गरेरै क्षमता विकास तालिम प्रदान गर्दै आएको छ । नगरपालिकाले तालिम धेरैलाई प्रदान गरिएको र तालिमको प्रभावकारीता र थप आवश्यकता पहिचानका लागि नियमित अनुुगमन गरिरहेको भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले बताउनुुभयो ।
सिप ठाउँठाउँमा; लगानी मेरो गाउँमा’ भन्ने नारा बोकेको नगरले विदेशमा सिकेको सिप समेत भीमेश्वरकै भूमिमा प्रयोग गरी व्यावसायिक र आत्मनिर्भर बनाउन पहल गर्ने नीति लिएको छ । व्यवसाय गर्नेलाई आर्थिक अभाव हुन नदिने र सधै नगरले प्रोत्साहन गरिरहने नगर प्रमुुख ईश्वर नारायण मानन्धरको भनाइ छ ।

 

नगरपालिकाले प्रदान गरेको तालिमकै कारण धेरै नागरिकको जीविकोपार्जनमा सहयोग पुगेको छ । यसलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनका क्षेत्रहरु पहिचान गरी स्थानीयको क्षमता,पूँजी र सिप अनुसारको कार्यक्रम सञ्चालन गर्न नगरले योजना बनाएर काम शुरु गरेको भीमेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवम नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईले बताउनुभयो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.