वित्तीय शिक्षा कार्यक्रम प्रभावकारीः जनसचेतन सहकारी
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
फागुन १०
जनसचेतन सहकारीको वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शेयर सदस्यसंगको सम्बन्ध विस्तार र सन्तुष्टि पहिचानका लागि वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी भएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले बताउनुभयो । वित्तीय साक्षरता कार्यक्रम सहकारीप्रतिको वितृष्णा र अविश्वास चिर्न महत्वपूूर्ण सहयोग पुगेको अध्यक्ष चौलागाईँको भनाई छ ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रमसंगै शेयर सदस्यको दायित्व र जिम्मेवारी बोध गराउन सफल भएको जनाएको छ । कार्यक्रमको माध्यमबाट साधारण सभाको सर्वोच्चताका विषयमा सदस्यमा धारणा पु¥याउन सफल भएको सहकारीका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले दावी गर्नुभयो ।
जनसचेतनले विभिन्न सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यलाई संस्था सञ्चालन गर्ने तरिका र संस्थाका गतिविधि,प्रक्रियागत गुनासो सुनुवाईका विषयमा जानकारी सदस्यसम्म पु¥याउन सफल भएको सहकारीले जनाएको छ ।
सहकारीको शिक्षा शिविर कार्यक्रमले संस्था सुधारपछि शासन गर्नुपर्ने ज्ञान हासिल गरेको सहकारीका उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
पछिल्लो समय जनसचेतन सहकारी संस्थाको वित्तीय साक्षरता तथा शिक्षा शिविर कार्यक्रम निरन्तर अगाडि भइरहेको छ । सहकारीको अन्तराष्ट्रिय सिद्धान्तको पाँचौ सिद्धान्त सूचना,तालिम र प्रविधि रहेको छ । यसै अन्तरगत सहकारी विभागद्वारा जारी गरिएको सदस्य केन्द्रियता मापदण्ड अनुुसार दोलखामा पनि जनसचेतन सहकारीले वित्तीय साक्षरता कार्यक्रम तीब्र रुपमा गरिरहेको छ । ।
वित्तीय साक्षरता कार्यक्रममा शेयर सदस्यहरुले हर्जनामा सुधार गर्नुपर्ने जस्तै भाखा नाघेका किस्ताको मात्रै हर्जना लिनुपर्नेमा पुरै सावाँको हर्जना तिर्ने वाध्यता हटाइनुपर्ने,शेयर लाभांस तोकिएको मापदण्ड अनुसार पाउनुपर्ने,तिर्न सक्ने क्षमताका आधारमा ऋण लगानी गर्नुपर्ने,ऋण लगानी गर्दा उत्पादनमूूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव आएको सहकारीका जनसम्पर्क शाखा प्रमुख एवम गुनासो सुनुवाई अधिकृत राजन दहालले बताउनुभयो ।
शेयर सदस्यबाट आएका गुनासो एवम सुझावलाई तत्काल सम्बोधन गर्न मिल्ने तत्काल गर्ने र साधारण सभा मार्फत गर्नुपर्नेलाई सोही अनुसार व्यवस्थापन गर्ने सहकारीले प्रतिवद्धता जनाएको छ ।
भाखा नाघेको ऋण बराबर सुरक्षण कोषमा रकम जम्मा नभएकै कारण नाफा कमाएर पनि सहकारीले शेयर लाभांस दिन नसकेको वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठको भनाई छ । उहाँका अनुसार ऋणीले समयमा साँवा र व्याज भुुक्तानी नगर्दा लाभांस वितरणमा समस्या भएको हो । शेयर सदस्यको सुझाव अनुसार भाखा नाघेका किस्ताको मात्रै हर्जना लिने सहकारीले निर्णय गरिसकेको छ ।
सहकारीले गत माघ महिनाबाट शुरु गरेको साक्षरता अभियान ८४ स्थानमा सम्पन्न गरिसकेको छ । संस्थाका अनुसार हालसम्म महिला ३ हजार २८,पुरुष २ हजार ३ सय ४० गरी ५ हजार ३ सय ७१ जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका छन् । अभियानमा १६ विद्यालय र ३ गाउँपालिकाका जनप्रतिनिधिसहित करिब ८ हजार जनासंग जनसचेतन पुगेको छ । जनसचेतन साकोसको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार २० हजार बढी शेयर सदस्य र सम्भावित सदस्यबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको छ ।
संस्थाको मुख्य कार्यालय मैनापोखरी बजारमा रहेको छ । जहाँ साँढे ४ तलाको सुविधा सम्पन्न भवनबाट सेवाका कार्यक्रम सञ्चालन हुँदै आएको छ भने मुख्य कार्यालयसहित १७ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । संस्थामा हाल ४० हजारको नजिक शेयर सदस्य रहेका छन् । पछिल्लो तथ्याङक अनुसार २ अर्व ४८ कारेड ९२ लाख ६६ हजार बराबर संस्थाको कारोबार रहेको छ । संस्थामा ३२ जना महिलासहित ६४ जना कर्मचारी रहेका छन् ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...