जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुुटबल प्रतियोगिता सम्पन्न
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा, चैत ११
दोलखाका जनप्रतिनिधि र पत्रकारहरु बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । होली पर्वको अवशर पारेर आइतबार रोयल मकैबारी फुटसल चरिकोट मैत्रीपूर्ण फुटवल प्रतियोगीता सम्पन्न भएको हो । खेलमा जनप्रतिधिहरुले पत्रकारहरुलाई २–१ गोल अन्तरले पराजित गरे ।
स्वास्थ्य, मनोरञ्जन, सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अनलाईन समाज दोलखाका अध्यक्ष सुजन काफ्लेले बताउनुभयो ।
खेल कार्यक्रम समापन गर्दै भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धरले मैत्रीपूर्ण खेलले आपसी भाईचारा बलियो बनाउने बताउदै प्रतियोगीताले खेलकुदको विकास र प्रचारमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाईँले जनप्रतिनिधि र सञ्चारकर्मीकाबीच भावनात्मक सम्बन्ध विस्तार गर्न खेल कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।
अनलाइन समाज दोलखाले आयोजना गरेको प्रतियोगितामा भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर,उपमेयर कमला बस्नेत,मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर लगायत जिल्लाका वडाध्यक्ष एवम वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका पदाधिकारी,अनलाइन समाज दोलखाका प्रतिनिधि,विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...