गौरीशङ्कर क्याम्पस दोलखाको ४३ औँ वार्षिक उत्सव
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले ४३ औ वार्षिक उत्सव कार्यक्रम विहिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
नेपाल सरकारका पूर्वमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले युवाको वैदेशिक पलायनता रोक्न सक्ने वातारवणको सिर्जना गर्न क्याम्पसले योजना बनाउनु पर्ने कुुरामा जोड दिनुभयो । क्याम्पसले बनाएको योजना सफल पार्न आफूले सकेको सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री गुरुङले चुनौतिका बीचमा सामुुदायिक क्याम्पस परेको भन्दै शैक्षिक गुणस्तर कायम गरी सिपयुक्त जनशक्ति निर्माणमा लाग्न सुुझाव दिनुुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले विभिन्न संर्घषले क्याम्पस स्थापना गरेको स्मरण गर्दै क्याम्पसको उनन्नयका लागि सबैले भूमिका खेल्ुनुपर्ने धारणा राख्नुुभयो ।
भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतले क्याम्पसका समस्या समाधानका लागि वृहत छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो । वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेलुुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले जीवनउपयोगी शिक्षालाई प्राथमिकतामा राखेर जान सुझाव दिँदै क्याम्पससंग सहकार्य गर्न गाउँपालिका तयार रहेको स्पष्ट पार्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षता रहेको उत्सव कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका प्रवक्ता पुुष्कर अधिकारी, नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहाल,राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठ,विद्यार्थी प्रतिनिधि सजिना दहालले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पस प्रमुख शान्त केसीले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न छात्रवृत्ति लगायत वार्षिक दिवसको अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो ।
विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायन प्रतिभा प्रस्तुत गरेका थिए ।
क्याम्पसमा विभिन्न व्यक्तित्वको सम्मान
गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाले ४३ औ वार्षिक उत्सवको अवसरमा पारेर क्याम्पसको शैक्षिक उन्नतिका लागि महत्वपूूर्ण भूमिका निर्वाह गर्न सफल संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठ,निर्वतमान अध्यक्ष राजेन्द्र मानन्धर,पूर्व सहायक क्याम्पस प्रमुख सुवास रिमाललाई सम्मान गरेको छ । यसैबीच कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको सम्मान गरेको छ । क्याम्पसका सहायक प्राध्यापकहरु बालकृष्ण फूँयाल र समीरा बस्नेतलाई सम्मान गरेको छ भने कर्मचारी तर्फ लेखा तथा प्रशासन प्रमुुख राजकुमार सुवेदी सम्मानित हुनुभएको हो । नगदसहित सम्मान पत्रले सम्मान गरिएको क्याम्पसले जनाएको छ ।
कमलादेवी –पुुष्करनाथ पोखरेल स्मृति अक्षयकोष स्थापना
गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाको ४३ औ वार्षिक उत्सवको अवसर पारेर क्याम्पसमा लामो समय सेवा गर्नु भएका स्वर्गीय पुुष्करनाथ पोखरेलको परिवारले कमलादेवी –पुुष्करनाथ पोखरेल स्मृति अक्षय कोष स्थापना गरेको छ । पोखरेल परिवारले ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको हो । स्वर्गीय पोखरेलकी धर्मपत्नी कमलादेवी पोखरेलले कार्यक्रमका बीच ३ लाख रुपैयाको चेक क्याम्पसलाई हस्तान्तरण गर्नुु भएको हो ।
पोखरेलको स्मृति अक्षयकोषबाट आगामी वर्षदेखि क्याम्पसका मेहनती जेहेन्दार र साहित्य विधामा उत्कृट १ छात्र र १ छात्रालाई छात्रवृत्ति दिने पोखरेल परिवारको भनाइ छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...