भर्खरै प्रकाशित: विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन धरमघरबासीको फेरिएको जीवन महङ्गो क्यामरा

दोलखामा राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न

10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट,
चैत्र २०
सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका ६७ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रमका मनाइएको छ । जिल्ला सहकारी संघ दोलखाको आयोजनामा दोलखा सदरमुकाम चरिकोट लगायत अन्य स्थानीय तहमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।
भीमेश्वर नगरपालिकाका सहकारी संस्थाहरुको र्याली पछि कोणसभाको आयोजना गरिएको थियो । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षतामा भएको कोण सभामा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रोफ्स्कुनका वागमती प्रदेश महासचिव जीवसराज खड्का,जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष वर्जूराम घतानी, भीमेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष तारानाथ चौलागाईँ मिलिजुुुली कालिञ्चोक सहकारीका अध्यक्ष कृष्ण बहादुर गौतमले सभामा सम्बोधन गर्दै सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

दिवसको अवसरमा आज विहान दोलखा सदरमुकाम चरिकोट आसपासमा रहेका सहकारी संस्थाको सहभागीतामा रयाली सहित कार्यक्रमको आयोजना गरिएको थियो । र्यालीमा चरिकोट बहुउदेश्यीय सहकारी संस्था प्रथम,जुनतारा कृषि सहकारी संस्था द्वितीय,हाम्रो हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था तृतीय र त्रिपुुरा महिला सहकारी संस्था सान्त्वना हुन सफल भएका छन् । रयालीमा २ दर्जभन्दा बढी सहकारी संस्थाको सहभागीता रहेको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ ।
विहान ७.३० बजे सातदोबाटो चरिकोटबाट महिला पञ्चेबाजासहित शुुरु भएको प्रभातफेरी पशुपति डाँडा,पुुरानो बजार हुँदै पुन सातदोबाटो पुगेर कोण सभामा परिणत भएको थियो ।


राष्ट्रिय सहकारी दिवसको अवसरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वैत्यश्वर गाउँपालिकाको मैनापोखरी बजारमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने वैत्यश्वर गाउँपालिका भरीका सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।
जिल्ला सहकारी संघ दोलखाका अनुसार जिल्लामा करीब ५ सय सहकारी संस्था रहेका छन् भने जिल्ला सहकारी संघमा ३९७ आवद्ध रहेका छन् ।
नेपालमा वि। सं। २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । देशभर अहिले झण्डै ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झण्डै ६० लाख सदस्य छन् । पछिल्लो समय सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर र विश्वसनियतामा आशंका बढ्दै गएपछि सहकारीका अभियानकर्मीले सुशासन र विश्वसनीयतामा जोड दिएका छन् ।

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

.