जेष्ठ नागरिकलाई तीर्थ भ्रमणः जनसचेतन सहकारी
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ शेयर सदस्य तीर्थ अवलोकन भ्रमण कार्यक्रम आजबाट शुरु गरेको छ । सहकारीले ६५ उमेर पुरा गरी ७० वर्ष ननाघेका जेष्ठ नागरिकका लागि आजबाट ३ दिने भ्रमण शुरु गरेको हो ।
संस्थामा आबद्ध शेयर सदस्यरु मध्येबाट ६५ वर्ष उमेर पुगी ७० वर्ष ननाघेका,सदस्यता अवधि ५ वर्ष पुुरा भएका सदस्यहरुलाई विभिन्न तीर्थ स्थलहरु अवलोकन भ्रमण गराउने कार्यक्रम अन्तरगत यस वर्षपनि ५७ जना जेष्ठसदस्यलाई ३ दिने भ्रमण शुरु गरिएको सहकारीका जनसम्पर्क अधिकृत राजन दहालले बताउनुुभयो ।
जेष्ठ नागरिकहरुलाई सदस्यहरूलाई हलेशी महादेव, बराह क्षेत्र र जनकपुरधामको तीर्थ अवलोकन भ्रमण गराइने जनसचेतन सहकारीले जनाइएको छ ।
आर्थिक वर्ष ७८।०८९ बाट जेष्ठ नागरिकलाई तीर्थ अवलोकन भ्रमण गराउन शुरु गरिएको थियो । हालसम्म २ सय ३१ जना जेष्ठ शेयर सदस्यलाई भ्रमण कार्यक्रममा सहभागी गराइसकेको छ । भ्रमण कार्यक्रम अर्न्तगत नियमित मासिक बचत र संस्थामा ऋण कारोबार नियमित भएका सदस्यहरू मध्येबाट छनौट गरिएको छ ।
सहकारीका मुख्यकार्यालयसहित १६ सेवा केन्द्रका छनौटमा परेका जेष्ठ शेयर सदस्य भ्रमणमा सहभागी भएका हुुन् ।
संस्थाको मुख्य कार्यालयसहित १७ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । संस्थामा हाल ४० हजारको नजिक शेयर सदस्य रहेका छन् । पछिल्लो तथ्याङक अनुसार २ अर्व ४८ कारेड ९२ लाख ६६ हजार बराबर संस्थाको कारोबार रहेको छ । संस्थामा ३२ जना महिलासहित ६४ जना कर्मचारी रहेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...