भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

दोलखामा भजन संरक्षण समितिःअध्यक्षमा रमेश कार्की

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति दोलखाको अध्यक्षमा रमेश कार्की चयन हुनुभएको छ । आइतबार चरिकोटको कोटीहोम परिसरमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले कार्की अध्यक्ष रहेको १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्ष रुद्र थपलिया,महिला उपाध्यक्ष रचना उप्रेती,सचिव शिवहरि पोखरेल,सहसचिव कृष्ण बहादुर शिवाकोटी,कोषाध्यक्ष राजेन्द्र खड्का र सह कोषाध्यक्षमा झलक प्रसाद शिवाकोटी रहनुभएको छ ।
समितिको सदस्यहरुमा पार्वती बस्नेत,नरहरि फूँयाल,राम बहादुुर बस्नेत,प्रेम बहादुर आचार्य, अर्जुन बस्नेत,खड्ग बहादुर शिवाकोटी,केशव शिवाकोटी,चित्र बहादुर शिवाकोटी,शिव शिवाकोटी,लेस बहादुर राउत,लोकनाथ उप्रेती,विवेक मैनाली ,भगवती के.सी,तीर्थ बहादुर राउत,राम बहादुर रेग्मी,वलराम रेग्मी,भगवती खड्का,भैरव काफ्ले,गोपिनी कार्की र भाइकृष्ण थामी चयन हुनुभएको छ ।
राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सचिवालय सदस्य एवम वागमती प्रदेश इन्चार्ज नविन पौडेलले लोक संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि समितिको आवश्यकता औँल्याउनुभयो । सभ्य समाज निर्माणका लागि पुराना संस्कार र संस्कृतिको जगेर्ना गर्न आवश्यक भएको भन्दै यसका लागि संस्थागत विकास आवश्यक भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपाल सिन्धुलीका अध्यक्ष श्याम अधिकारी,केन्द्रिय सदस्य गीता भट्टराई,पत्रकार बाबुराम शर्मा लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न भेग र भूगोलबाट उपस्थित भजन पारखीहरुले स्थानीय भजनहरु प्रस्तुुत गरेका थिए । कार्यक्रमका सहभागी सबैले दोलखा कला,साहित्य र संस्कृतिमा धनी भएकाले यसको संरक्षण र पुस्तान्तरणका लागि समिति प्रभावकारी हुने अपेक्षा गरेका छन् ।


राष्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपाल वि.स.२०६७ सालमा गठन भएको हो भने हाल दोलखा सहित ४९ जिल्लामा जिल्ला कार्यसमिति गठन भइसकेको छ ।

 

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.