दोलखामा शिक्षक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न ।
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको ४५ औ शिक्षक दिवस तथा जिल्ला परिषद एकसाथ सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा विहिबार विभिन्न कार्यक्रमका साथ शिक्षक दिवस सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि रहनुभएका नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समिति उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले नेपाल शिक्षक संगठनको गौरवपूर्ण इतिहास र गरिमालाई जोगाउन शिक्षकहरु जिम्मेवार भएर कक्षाकोठामा रहन आग्रह गर्नुुभयो । उहाँले चुनौतिपूूर्ण वर्तमानलाई सामना गर्न आर्दश शिक्षक भएर देखाउन शिक्षकलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुुुुुुख शङरबाबु श्रेष्ठले सबै पेसाको जननी शिक्षक पेसा भएकाले यसलाई मर्यादिन बनाउनुुुुुुुु पर्ने कुुरामा जोड दिनुभयो । शिक्षक दिवस सबै शिक्षकको साझा दिवसका रुपमा लिन समेत आग्रह गर्दै आम शिक्षकलाई शैक्षिक सुधारका लागि जिम्मेवार भएर काम गर्न पनि आग्रह गर्नुभयो ।
दिवसको अवसरमा कार्यक्रमका विशेष अतिथि रहनुभएका श्रेष्ठले अनिवार्य र आधारभूत तहसम्मको निशुल्क शिक्षा अभियान कार्यान्वयनमा लाग्न सबैलाई निर्देशन दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाका अध्यक्ष सञ्जय खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश समिति सदस्य शान्त शेर्पा, भीमेश्वर नगर समिति अध्यक्ष राजन कार्की,शिक्षक कल्याण सहकारीका अध्यक्ष बालकुमार गिरी,नेपाल रेडक्रश सोसाइटी दोलखाका अध्यक्ष ईश्वरी प्रसाद दहाल,निवर्तमान अध्यक्ष गोकर्ण प्रसाद पोखरेल लगायतले शुभकामनासहित शिक्षकहरुलाई अधिकारसंगै आफनो कर्तव्य पालनामा बढी केन्द्रित हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा संगठनका सचिव विदुर प्रसाद सापकोटाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम प्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा निवृत्त दर्जनौ शिक्षकहरुलाई अभिनन्दन र नवप्रवेशीलाई सदस्यता प्रदान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाले जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाकी उपाध्यक्ष विमला दुलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दोलखाको सहयोगमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । संगठनका १० जना शिक्षकहरुले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । दोलखामा करिब २२ सयको सङ्ख्यामा रहेका शिक्षक मध्य १ हजार २ सय बढी शिक्षक संगठनमा आवद्ध रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दोलखाले दावी गरेको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...