दोलखामा २५ औं मनमोहन स्मृति दिवस
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औ स्मृति दिवसको सन्दर्भमा दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीसमेत रहनुभएका स्वर्गीय अधिकारीको स्मरणमा आज मनमोहन स्मृति प्रतिष्ठान दोलखाले स्मृति सभाको आयोजना गरेको हो ।
नेकपा एकीकृत समाजवादी नेता एवम राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला तथा बालिकाको संरक्षण र सुरक्षामा योगदान दिँदै आएको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई सम्मानसहित संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।
नेकपा एकीकृत समाजवादी पोलिटव्यूूरो सदस्य शिव प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सभा सदस्य भरत केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, एकिकृत समाजवादी केन्द्रिय सदस्य गोपाल न्यौपाने,नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा ,नेकपा एमाले सचिव स्वयम खड्का ,एकिकृत समाजवादीका अध्यक्ष भीम प्रसाद दाहाल ,मेलुङ गाउँपालिका अध्यक्ष हिराथोकर,भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत ,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईं लगायतले मनमोहन अधिकारीको योगदानको स्मरण गर्नुुभएको थियो ।
सामाजिक एवम राजनीतिक व्यक्तित्व प्रेमप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने सामाजिक अभियन्ता विष्णु सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...