भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

शिवाकोटी समाजद्वारा ६५ जना ज्येष्ठ नागरिक सम्मानित

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

शिवाकोटी समाज नेपालले ६५ जना जेष्ठ नागरिकको एक साथ सम्मान गरेको छ । कालिञ्चोक गाउँपालिका ८ मा रहेको शिवाकोटीहरुको पूख्र्यौली थलो चौघरा दरबारको आँगनमा जेष्ठ नागरिकहरुको सम्मान गरिएको हो ।
शिवाकोटी समाज नेपाल दोलखाको प्रथम जिल्ला अधिवेशनको सन्दर्भ पारेर कार्यक्रमका प्रमुख अतिथि रहनुभएका शिवाकोटी समाज नेपालका केन्द्रिय अध्यक्ष जय प्रसाद शिवाकोटी,सहअध्यक्ष बालकृष्ण शिवाकोटी,उपाध्यक्षहरु रामकाजी शिवाकोटी, अशोक शिवाकोटी, चौघरा संरक्षण समितिका पूर्व अध्यक्ष गणेश प्रसाद शिवाकोटी, शिवाकोटी समाज नेपालका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटी लगायतका केन्द्रिय नेतृत्व साथै जिल्ला तहका अभियन्ताको उपस्थितिमा ८० वर्ष उमेर लागेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।


शिवाकोटी समाजले सबै शिवाकोटी समूदायका जेष्ठ नागरिकसहित साविक सुनखानीका सबै जाति र समूदायका जेष्ठ नागरिकको सम्मान गरेको शिवाकोटी समाज नेपालले जनाएको छ ।
शिवाकोटी समाज नेपालले ८० वर्ष उमेरदेखि सबैभन्दा जेष्ठ सदस्य ९९ वर्षीय विष्णुमाया शिवाकोटीसहित २५ बृद्धा र ४० बृद्धसहित ६५ जना जेष्ठ नागरिकको सम्मान गरेको हो ।
कार्यक्रममा वक्ताहरूले जेष्ठ नागरिकहरूको सम्मानबाट समाजमा असल संस्कार संस्थागत हुँदै जाने भएकाले सम्मान कार्यक्रम सुरु गरिएको बताउनुभयो । कार्यक्रमका वक्ताहरूले जेष्ठ सदस्यहरूको अनुभव इतिहास, संस्कृतिको संरक्षण र संवर्द्धन उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रममा दोलखा र रामेछापका शिवाकोटी बन्धु लगायत अन्य समूदायको समेत उल्लेख्य सहभागिता रहेको थियो ।


देशभर २ लाख ७५ हजार शिवाकोटीहरु रहेको समाजका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटीले बताउनुभयो । दोलखाको सुनखानी उद्गम स्थल रहेको भारद्वाज गोत्रीय शिवाकोटीहरुको मुख्य बसोबास दोलखा,झापा,चितवन,मकवानपुर रहेको बताइएको छ ।
आज सम्पन्न पहिलो भेलाले रामबहादुर शिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिवाकोटी समाज नेपाल दोलखा गठन गरेको छ । विभिन्न मौलिक भजनकृतन र लोकबाजाको धुनसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.