राम बहादुर शिवाकोटीको अध्यक्षतामा शिवाकोटी समाज गठन
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
शिवाकोटी समाज नेपालको प्रथम जिल्ला भेलाले राम बहादुर शिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिवाकोटी समाज नेपाल गठन गरेको छ । समाजको उपाध्यक्षमा हरिराज शिवाकोटी,सचिव बलराम शिवाकोटी,कोाषध्यक्षमा कृतिका शिवाकोटी चयन हुनुभएको छ । सदस्यहरुमा मिन कुमार शिवाकोटी,प्रेम प्रसाद शिवाकोटी,खड्ग प्रसाद शिवाकोटी,पृथ्वी प्रसाद शिवाकोटी,नैन प्रसाद शिवाकोटी,सूर्य प्रसाद शिवाकोटी र राधाकृष्ण शिवाकोटी रहनुभएको छ । शिवाकोटीहरुको पूख्र्यौली थलो दोलखाको सुनखानीमा रहेको ऐतिहासिक चौघरा दरबारमा रामेछाप र दोलखाका शिवाकोटी बन्धुहरुको भेला सहित शिवाकोटी समाज नेपालको प्रथम जिल्ला भेला कार्यक्रमले उक्त समाज गठन गरेको हो ।
शिवाकोटी समाज नेपालका केन्द्रिय अध्यक्ष जय प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक गोकर्ण प्रसाद त्रिपाठीले स्वस्ती वाचन गरेर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो ।
शिवाकोटी समाज नेपालका केन्द्रिय उपाध्यक्ष रामकाजी शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवाकोटी समाजका सहअध्यक्ष बालकृष्ण शिवाकोटी,उपाध्यक्षहरु रामकाजी शिवाकोटी, अशोक शिवाकोटी, चौघरा संरक्षण समितिका पूर्व अध्यक्ष गणेश प्रसाद शिवाकोटी, शिवाकोटी लगायतले मन्तव्य राख्दै पूर्खाहरुको कामको संरक्षण गर्न र सबै समूदायसंग भातृत्व कायम गर्न शिवाकोटी समाजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
कालिञ्चोक गाउँपालिका वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य,वडा नं ७ का वडाध्यक्ष राम पाण्डे,वैत्यश्वर गाउँपालिका वडा नं ७ का वडाध्यक्ष मिन कुमार शिवाकोटी,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शिवाकोटी समाज नेपालका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अवसर पारेर शिवाकोटी समाज नेपालले ८० वर्ष उमेरदेखि सबैभन्दा जेष्ठ सदस्य ९९ वर्षीय विष्णुमाया शिवाकोटीसहित २५ बृद्धा र ४० बृद्धसहित ६५ जना जेष्ठ नागरिकको सम्मान गरेको छ ।
कार्यक्रममा दोलखा र रामेछापका शिवाकोटी बन्धु लगायत अन्य समूदायको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
देशभर २ लाख ७५ हजार शिवाकोटीहरु रहेको समाजका केन्द्रिय सदस्य बालगोपाल शिवाकोटीले बताउनुभयो । दोलखाको सुनखानी उद्गम स्थल रहेको भारद्वाज गोत्रीय शिवाकोटीहरुको मुख्य बसोबास दोलखा,झापा,चितवन,मकवानपुर रहेको बताइएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...