भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

हाम्रो जनकल्याण २८ औँ वर्षमाःउद्यमशीलता सहकारीको प्राथमिकता

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा सदरमुकाम चरिकोटबाट जिल्लाभर सेवा प्रवाह गर्दै आएको हाम्रो जनकल्याण सहकारी २८ औं वर्षमा प्रवेश गरेको छ ।  २८ औं स्थापना दिवसको अवसर पाररे हाम्रो जनकल्याण सदस्य आवाज नामक वार्षिक बुलेटिन बिमोचनसहित स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उक्त पुस्तकको विमोचन गर्नुभएको थियो ।
सहकारीका शेयर सदस्यहरु मध्य सफल र उत्कृष्ट १० जना व्यवसायिका सफलताको कथा र अनुभव पुस्तकमा समावेश गरिएको सहकारीले जनाएको छ । दुग्ध उद्योग ,कुखुरापालन,गाईपालन तथा व्यावसायिक तरकारी खेती लगायतका सफलताका कथा पुस्तकमा समेटिएका छन् ।
स्थापना दिवसकै अवसर पारेर हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप प्राप्त गर्ने ४ पत्रकारहरु पुरस्कृत भएका छन् । सहकारी क्षेत्रका गतिविधि प्रचारप्रसारमा योगदान गरेको भन्दै पत्रकार बाबुराम शर्मा, केदार शिवाकोटी, दिलबहादुर केसी,सिर्जन घिमिरे र विनिता शिवाकोटीलाई पुरस्कृत गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले बताउनु भयो । सोही अवसरमा संस्थाका एक सय पाँच वर्षे शेयर सदस्य टेक बहादुर थापालाई जेष्ठ नागरिक सम्मान, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई हाम्रो जनकल्याण व्यक्तित्व सम्मान र हाम्रो जनकल्याण पूर्व सञ्चालक सम्मान कमल प्रसाद चौलागाई, उत्कृष्ट कर्मचारीका रुपमा सहायक पदमा कार्यरत सुनिता चौलागाई र बोच संस्कृति भजन मण्डलीलाई सम्मान गरेको छ ।
समृद्ध सदस्य, सर्वोत्कृष्ट सहकारी मूल नाराका साथ आयोजना गरिएको स्थापना दिवसको अवसरमा उद्यम प्रबर्धनका लागि अन्तक्र्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का महासचिव जिवसराज खडका, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव शर्मिला सापकोटा, भीमेश्वर सहकारी सञ्जालका संयोजक कृष्ण बहादुर गौतम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहाल,हाम्रो जनल्याण सहकारीका सचिव अनिल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्थापना दिवसमा सहकारीका उद्यमी शेयर सदस्य, पूर्वसञ्चालक तथा सञ्चालक सदस्यहरु, सल्लाहकार र उपसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । वि.स. २०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. २८ औं वर्षमा प्रवेश गरेको छ ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.