भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सर्व माविको नवनिर्मित भवन प्रवेश कार्यक्रम

12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

सर्व माध्यमिक विद्यालय जिलु दोलखाको ६२ औँ वार्षिक उत्सव तथा नव निर्माण सम्पन्न भवन प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ मा चिनिँया सरकारको सहयोगमा निर्माण सम्पन्न भवन प्रवेश र वार्षिक दिवस कार्यक्रम एकसाथ सम्पन्न भएको हो ।
भीमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्करबाबु श्रेष्ठ,वडाध्यक्ष तारानाथ चौलागाईँ,पूर्व वडाध्यक्ष हरिवंश चौलागाईँ,जिल्ला समन्वय समिति दोलखा सदस्य मेनुका चौलागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सर्व माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज चौलागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईँले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अवशर पारेर श्याम कुमार मैनाली र राधिका दहाल उत्कृष्ट शिक्षक सम्मानबाट सम्मानित हुनुभएको छ भने किसान श्रेष्ठ र कुमार श्रेष्ठ उत्कृष्ट अभिभावक सम्मानबाट सम्मानित हुनुभएको छ
चिनिया सरकारको सहयोगमा निर्मित ५६ कोठे सुविधासम्पन्न भवनमा बुधबारदेखि पठनपाठन सुचारु हुने विद्यालयका शिक्षक सूर्य चौलागाईँले बताउनुभयो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.