स्वर्गीय पत्रकार रवीन्द्र गौतमको तेस्रो स्मृति सभा
8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
स्वर्गीय पत्रकार रवीन्द्र गौतमको स्मृति सभा दोलखा सदरमुकाम चरिकाटमा विभिन्न कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । स्मृति सभाको सन्दर्भ पारेर पत्रकारिता पुरस्कार,विद्यार्थी छात्रवृत्ति वितरण र रक्तदान कार्यक्रम एकसाथ सम्पन्न भएको हो ।
‘रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८१’ बाट गोरखापत्र दैनिकका दोलखा संवाददाता बाबुराम शर्मा सम्मानित हुनुभएको छ । शर्मालाई नगद १० हजार र सम्मानपत्र सहित दोसल्लाले पुरस्कृत गरिएको हो । त्यस्तै रवीन्द्र गौतम स्मृति छात्रवृत्ति पुरस्कार कालिञ्चोक मावि चरिकोटमा कक्षा ११ मा अध्ययनरत छात्रा निकिता बस्नेतलाई नगद १० हजारसहित पुरस्कार प्रदान गरिएको छ ।
स्वर्गीय रवीन्द्र गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखा शाखाका पूर्वअध्यक्ष जीवन लामा, जिल्ला सचिव दिलबहादुर केसी, पत्रकार महासंघ बागमती प्रदेश समितिका सदस्य श्याम खतिवडा, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रतिष्ठानका संरक्षक भवानी खड्का गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्मृति सभामा नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोग र नेपाल स्वयमसेवी रक्तदाता समाज दोलखाको समन्वयमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ११ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
कोभिड १९ का कारण वि.स.२०७८ सालमा पत्रकार रवीन्द्र गौतमको निधन भएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...