सहकारीका चुनौति व्यवस्थापन गर्न साझा प्रतिवद्धता
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाका सहकारीका चुुनौति व्यवस्थापन र कानुन कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया कार्यक्रम दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ ,दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ र व्यवस्थापकहरुको साझा मञ्चको संयुक्त आयोजनामा जिल्लाका १० करोड माथि पूँजी भएका सहकारी संस्थाहरुका अध्यक्ष तथा व्यवस्थापकहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । जिल्लाका २८ ओटा सहकारी संस्थाहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमले ११ बुँदे साझा प्रतिवद्धता जारी गरेको छ ।
सहकारीले पर्याप्त मात्रामा जोखिम कोषको व्यवस्था नगरी शेयर लाभांश वितरण र वार्षिक साधारण सभालाई खर्चिलो र भड्किलो नबनाउन तथा साधारण सभामा सहभागी भएवापत वितरण गरिने यातायात खर्चलाई एकरूपता कायम गर्न समेत साझा प्रतिवद्धता जनाएको छ ।
सहकारी संस्थालाई दिगो र प्रभावकारी रूपमा सञ्चालनका लागि राजनीतिक दल सहकारीकर्मी. सरोकारवाला निकाय तथा सञ्चारकर्मी र नागरिक समाजको समेत भूमिका महत्वूर्ण मानी विद्यमान सहकारीका समस्याहरूलाई समाधान गरी सहकारी संस्थाको शुद्धीकरणका लागि सार्वजनिक अपिलका लागि आव्हान गरेको छ ।
कार्यक्रमले भूकम्प, कोभिड १८ र विश्व आर्थिक मन्दीका कारण ऋण कारोबार नियमित हुन नसकी भाखा नाघी संस्थाको वित्तीय स्वास्थ्य प्रतिकुल भएको भन्दै असार मसान्त भित्र आफ्नो कारोबार नियमित गर्नका लागि सबै ऋणी सदस्य तथा परिवारलाई अपिल गरेको छ भने सहकारी संस्थाबाट लिएको ऋण समेत जोखिममा परेकाले सरोकारवाला सबैमा आफ्नो कारोबार यथाशीघ्र नियमित गर्न अनुरोधसहित ११ बूँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।
जिल्ला सहकारी संघ लि. चरिकोट, दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुखआतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष भुमिराज खड्का,व्ययवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेतले सहजीकरण गर्नुभएको थियो भने , मिलिजुली कालिञ्चोक सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने र जनहित सहकारी संस्थाका अध्यक्ष नबराज दहालले टिप्पणी गर्नुभएको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...