दोलखाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकामा रहेका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा लगानी कार्यक्रम cGt{ut चेक हस्तान्तरण गरिएको छ
हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाको प्रमुख आतिथ्यमा ;DkGg चेक वितरण समारोहमा हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तिर्थ राज रेग्मी,मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार तामाङ (थोकर) तथा तामाकोशी गाँउपालिका अध्यक्ष प्रोण प्रताप के.सी. को उपस्थितिमा सम्पन्न भएको हो ।
हिमालयन बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल बिच मिति २०७९ कार्तिक ४ गते का दिन दोश्रो पटक भएको सम्झौता अनुसार युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्य अनुरुप हाल सम्म १३० जनालाई जम्मा रु ६ करोड ६ लाख सहुलियतपूर्ण कर्जा लगानी भैसकेको तथा १८ जनाको फाईल लगानीको लागि तयार भएको छ ।
त्यसै अनुरुप हिमालयन बैंक चरिकोट शाखा र मेलुङ गाँउपालिका तथा तामाकोशी गाँउपालिकाका बिच मिति २०८० भदौ ७ गते का दिन भएको सम्झौता अनुसार दुबै गाँउपालिका जम्मा १० जना किसानहरुलाई रु ९७ लाख कर्जा स्वीकृत भई लगानी गरिसकेको छ भने १५ जनाको फाईल करिब रु १ करोड ३० लाख बराबरको कर्जा लगानीको लागि प्रक्रियामा छ । हिमालयन बैंकले दोलखा जिल्ला सहित हेफर इन्टरनेशनलको कार्य क्षेत्रका जिल्लाहरुमा थप ८५२ भन्दा बढी उद्यमीहरुलाई निकट भविष्यमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ ।
सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धी क्षेत्रहरु जस्तै बाखापालन, पशुपालन तथा तरकारीको व्यवसायमा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।
स्थानीय सरकारहरुको अगुवाईमा हेफर नेपाल र स्थानीय संस्थाहरुको साझेदारीमा संचालित परियोजनाहरु मार्फत उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्ने र उच्चस्तरिय बैंकिङ्ग सेवाहरु सहज रुपमा उपलब्ध गराउने उद्देश्य लिईएको छ । विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरु मार्फत हिमालयन बैंकले करिब १,००० उद्यमीहरूलाई कर्जा प्रदान गर्ने लक्ष्य लिएको छ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...