भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

बालबालिकालाई निराश नहुन शिविन नेपालको आग्रह

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

एसईईमा अनुतीर्ण बालबालिकालाई हतोत्साहित नवन्न सिविन नेपालले आग्रह गरेको छ । २०८० सालको एसईईमा ५३ प्रतिशत विद्यार्थी परीक्षामा अनुर्तीण भएपछि विद्यार्थीमा निराशा बढेको भन्दै आत्मबल बढाउन सिविन नेपालले विज्ञप्ती मार्फत आग्रह गरेको हो ।
वर्तमान समयमा शिक्षा क्षेत्रमा गम्भीर आत्म समीक्षा गर्न जरुरी भएको सिविन नेपालले जनाएको छ । गत साता प्रकाशित भएको एसइइको नतिजालाई लिएर आत्महत्याका घटना भएको भन्दै समाज र सरकारले गम्भीर भएर समीक्षा गर्नु आवश्यक भएको बताएको हो ।
शिक्षा क्षेत्रमा देखिएको समस्या निराकरणका लागि सबैभन्दा बढी जिम्मेवार नेपाल सरकार नै भएकोले यसको निर्मम समीक्षा गर्न सिविन नेपालका प्रवक्ता कुमार भट्राईले सरकारलाई अनुरोध गर्नुभएको छ ।
सिविन नेपालले शनिवार विज्ञप्ती जारी गर्दै २०८० सालको एसईईमा ५३ प्रतिशत विद्यार्थी परीक्षामा अनुर्तीण भएपछि विद्यार्थीप्रति सहानुभूति र सद्भाव प्रकट गर्दै भविष्य विग्रियो भनेर नसम्झन समेत आग्रह गरेको छ । बालबालिकाका भावनालाई परिवार र साथीभाइसँग खुलेर व्यक्त गर्ने वातावरण मिलाइदिन परिवार र सरोकारवालालाई सिविन नेपालको अनुरोध छ ।
बालबालिका अनुतीर्ण भएको समयमा घर परिवार, विद्यालय र समुदायको सकारात्मक व्यवहारले गर्दा बालबालिकाको मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न र मानसिक समस्याहरु आउनबाट रोक्न सकिने भन्दै बालबालिकामा फरक व्यवहार आएमा मानसिक स्वास्थ्यकमीसंग सम्पर्क गर्न पनि सिविन नेपालले विज्ञप्तीमार्फत अनुरोध गरेको हो ।
आपतकालीन अवस्थामा सहयोगका लागि पनि सिविनको अनुरोध छ । बालहेल्पलाईन नेपाल १०९८ र मनोसामाजिक परामर्श एवं मानसिक स्वास्थ्य सेवाको लागि १६६००११०६६६ वा ९८४१३१०९९८ मा फोन गर्न अनुरोध गर्दै बालबालिकाको शिक्षाको अधिकार र समग्र विकासमा अभिभावक, विद्यालय, समुदाय र सरोकारवालाहरुको पूर्ण सहयोग र सद्भाव कायम रहोस भन्नेसमेत सिविन कामना गरेको छ ।

 

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.