भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

शिक्षण पेसा छाडेर व्यवसायमा रमाउँदै मेनुका

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

२० असार, दोलखा ।
शिक्षण पेसा छाडेर कुखुरापालन व्यवसायमा लाग्नु भएकी भीमेश्वर नगरपालिका ४ की मेनुका(जिष्णु) चौलागाई उदाहरणीय महिला व्यवसायीको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ । १३ वर्षभन्दा बढी अस्थायी शिक्षण पेसा गरिसक्नुभएकी चौलागाईँले २०७५ सालमा स्थायी भएपछि नियुक्ती नै हातमा नलिई व्यावसायिक कुखुरापालन थाल्नुभएको हो । व्यावसायिक कुखुरापालनबाट हाल मासिक ४ लाख मुनाफा गर्दै आउनु भएको छ । करिब ६ वर्षको अवधिमा जिल्लामा सफल व्यवसायीको छुट्टै पहिचान बनाउन सक्षम हुनु भएको हो ।
चौलागाईको भीमेश्वर नगरपालिका वडा नं ७ साखिनेमा ५ रोपनी क्षेत्रफलमा रहेको फार्ममा अहिले ६ हजार लेयर्स जातका कुखुरा रहेका छन् । करिब ४ हजार कुखुराले दैनिक अण्डा दिन्छन् । उत्पादित अण्डाको लागि काठमाण्डौ,बनेपा, चरिकोट मैनापोखरी लगायतका बजार रहेको छ । उहाँ बिहान ४ बजेदेखि बेलुकासम्म कुखुराको स्याहारसुसार व्यस्त रहनुहुन्छ ।
साढे दुई करोड लगानीमा सुरु गरेकोे कुखुरा फार्ममा ५ जनाले रोजगारी पाएका छन् । सुरुमा ३ हजार कुखुराबाट उहाँले व्यवसाय सुरु गर्नु भएको थियो । व्यवसायको अनुभव र ज्ञान नहुँदा निक्कै घाटा वेहोर्नु परेको चौलागाईँले बताउनुभयो । चौलागाईँका अनुसार,“ २०७३ सालबाट शुरु गरेको व्यवसाय २०७७ सालसम्म व्यवसाय उठ्नै नसक्ने गरी कमजोर भयो । ऋणमाथि ऋण थपियो । चरिकोट र काठमाण्डौँमा भएको घर समेत विक्री गर्दा पनि ऋणबाट माथि उठ्न नसक्ने अवस्था भयो ।”
व्यवसायका लागि खर्च गर्दै छोराछोरीको शिक्षादीक्षा र हातमुख जोर्न समेत समस्या भएको उहाँले दुःखेसो सुनाउनुभयो । उहाँ विगत सम्झनुहुन्छ,“जीवनमा बाँकी केही नभएजस्तो महसुस भयो । व्यवसाय र ऋणको जिम्मा समेत एक्लै वहन गर्न निक्कै कठिन भयो । बिहान खाए बेलुका के खाउ भन्ने अवस्थाबाट दैनिकी चलाउनुपर्ने अवस्था सिर्जना भयो ।”

हिम्मत र सहासलाई जुटाएर २०७७ सालमा चौथोपटक पुन व्यक्ति व्यक्तिसंग सापटी मागेर १७ सय चल्ला हालेर व्यवसायलाई पुनरजीवन दिएसंगै व्यवसाय सफल हुँदै गयो । अण्डा बेच्दै चल्ला थप गर्दै एकपछि अर्को सफलता हात प¥यो । अहिले ऋणसमेत घटाउँदै ६ हजार कुखुरा खोरमा छन् । ज्ञान विना कुनै व्यवसाय आँट गर्दा असफल हुने अनुभव संगालेकी व्यवसायी मेनुकाको सबै गुमाउँदापनि संघर्ष आवश्यक रहेको अनुभव छ ।
शुरुका समयमा १८ घण्टा खटेर फर्मलाई आजको अवस्थामा ल्याउन सफल मेनुका आजभोलि सबैको उदाहरण बन्न सफल हुनु भएको छ । व्यवसायको असफलतापछिको सफलताले उहाँमा आँट भरिँदै गएको छ । शुरुका दिनमा महिला भन्दै हेप्ने मानिस आजभोलि फोन गरेर पनि हौसला दिने गर्छन । निडर अनि हक्की स्वभावकी व्यवसायी चौलागाई कृषक र व्यवसायीको हकहितमा आवाज उठाउदै आउनु भएको छ । भोलिका दिनमा व्यवसायलाई थप शसक्त बनाउने र व्यवसायिक ज्ञान बाँड्ने अभियानमा जुट्ने योजना बनाउनु भएको छ ।
किसानले गरेको लगानी उठाउने वातावरण राज्यले बनाइ उत्पादित बस्तुको बजार व्यवस्थापनमा राज्यले ध्यान दिन सके नेपालमा उद्यम विकासको प्रसस्त सम्भावना रहेको उहाँको भनाई छ ।

 

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.